मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउन सकिएपछि पनि ४ महिना कर तिर्ने समय कायम अछाम उद्योग वाणिज्य संघको आग्रह

लकडाउन सकिएपछि पनि ४ महिना कर तिर्ने समय कायम अछाम उद्योग वाणिज्य संघको आग्रह


अछाम ।

अछाम उधोग बाणिज्य संघले नेपाल सरकार अर्थ मन्त्रालयको राजस्व बिभागद्धारा कर बुझाउने समयसिमाका बारेमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

वाणिज्य संघले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै महिनौ महिना सम्मको लकडाउनले गर्दा पुजिको तरलतामा गम्भीर असर परिरहेको अवस्थामा असार ७ गते सम्म कर बुझाई सक्नुपर्ने भनी गरिएको सुचना प्रती आपत्ति जनाएको हो ।

नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनको निर्णय सम्पुर्ण ब्यापारी, उधोगीहरु पालना गर्दै आआफ्नो उधोग ब्यावसाय बन्द गर्दै आईरहेको अवस्थामा आर्थिक गतिविधि ठप्प रहेको बेला सरकारले पुनः सुचना प्रकाशित गरि अनिवार्य रुपमा विवरण तथा कर बुझाउने समयसिमा तोक्नु दुखद् भएको अछाम उद्योग वाणिज्य संघका महासचिव बमरावल द्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उद्योग वाणिज्य संघ अछामले लकडाउन पूर्ण रुपमा सकिए पश्चात अछाम लगायत पहाडी जिल्लाका ब्यावसायिलाई कम्तिमा ४ महिना कर, बैंक ब्याज लगायत किस्ता तिर्ने समय कायम गर्न आग्रह गरेको छ ।

बैंक ब्याज, करमा छुट जस्ता कार्यक्रम एवंम स्थानीय सरकारद्वारा लिईने करमा पनि पुर्ण रुपमा छुट गराउन र ब्यावसाय संचालन गर्ने बाताबरणको सिर्जना गर्न पहल गरिदिन अछाम उधोग बाणिज्य संघले नेपाल उधोग बाणिज्य महासंघ सुदुरपश्चिम प्रदेश मार्फत सम्बन्धित निकाय सङ्ग जोडदार माग गरेको छ ।