मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मालिका बिकास संघले गर्यो चौरपाटी गाउँपालिकालाई खाद्यान्न सहयोग

मालिका बिकास संघले गर्यो चौरपाटी गाउँपालिकालाई खाद्यान्न सहयोग


राजेन्द्र कुवर, जेठ, २७ अछाम 

मालिका बिकास संघ नेपालले चौरपाटी गाउँ पालिकाले निर्माण गरेका क्वारेन्टाइन ब्यबस्थापनका लागि खाद्यान्न सहयोग गरेको छ । संघद्धारा संचालित परिवर्तन परियोजनाको समन्वयमा डिसियको आर्थिक सहयोगमा गाउँ पालिकाका विभिन्न वडामा निर्माण गरेका क्वारेन्टाइनमा रहेकाहरुका नागरिकका लागि खाद्यान्न सहयोग गरेको हो ।

चौरपाटी गाउपालिकाका विभिन्न वडामा रहेका क्वारेन्टाइनमा बसेका नागरिकको खानाका लागि एक सय कट्टा चामल १ सय २० किलोग्राम दाल २४ लिटर तेल रहेको छ ।

चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले मानव जाती नै चरम संकटमा परेको समयमा क्वारेन्टाइनमा रहेका नागरिकको लागि लागि खाद्यान्न सहयोग गरेकोमा मालिका बिकास संघलाइ धन्यवाद दिदै आगामी दिनमा पनि सबै सहयोगि संस्था संग सहयोगको अपेक्षा राखेको बताए।

खाद्यान्न बितरणमा मालिका बिकास संघका रतन रावल, गाउँ पालिका उपाध्यक्ष माया कुवर, मालिका बिकास संघका बरिस्ठ उपाध्यक्ष हेमबहादुर बिश्वकर्मा लगाएको सहभागिता रहेको थियोे ।

चौरपाटी गाउँ पालिकामा औसधि,मास्क, सेनिटाइजर र साबुन विभिन्न संघ संस्थाले यस अघि विभिन्न संघ संस्थाले सहयोग गरे पनि खाद्यान्न सहयोग गर्ने मालिका विकाश संघ पहिलो हो ।