मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किसानका पिडा लिएर कृषि शाखा पुग्दा पनि सुनुवाई भएन

किसानका पिडा लिएर कृषि शाखा पुग्दा पनि सुनुवाई भएन


कमल रावल, अछाम।

तुर्माखाँद गाउपालीका वडा नम्बर ५ नाडामा लगाईएको मकैबाली तथा तरकारी बारी किराले नष्ट पार्न थालेको छ । मकैको र तरकारीको जरामा नै किरा लाग्ने र सुकेर जाने गरेको किसानले बताएका छन ।

वडा नम्बर ५ को थोलु टोलमा अमेरीकी फौजी कीराको भन्दा फरक तरिकाले जरा देखि नै किरा लाग्ने गरेको किसानले बताएका छन । यसरी मकै तथा तरकारी किराले नष्ट पार्न थालेपछी आवश्यक परामर्श तथा सहयोगका लागि तुर्माखाँद गाउपालिका पुगेता पनी स्थानिय सरकारले कुनै वास्ता नगरेको स्थानिय दिपक बहादुर शाहीले गुनासो गरे।

गाउपालिकाका अध्यक्ष पुष्पराज शर्मालाई भेटेर आउदा उहाँले कृषि शाखा प्रमुखलाई भेट्न भनेपछी कृषि शाखाका कर्मचारीले कुनै उपाय समेत नभएको प्रतिक्रिया दिएको उनले बताए।यसअघि चैतमा परेको असिना पानीले समेत गहु बाली पुरै नष्ट पारेकाले कुनै राहत किसानले नपाएको किसान जित बहादुर शाहीले बताए।

किरा मार्न र नियन्त्रणका लागि कुनै पनि पहल नचालेको उहाँको भनाई रहेको छ । कोरोनाभाईरसको संक्रमणको बन्दाबन्दीको समयमा समस्यामा परेका किसानको मकै तथा तरकारी नै यसरी किराले नष्ट पार्न थालेपछि चिन्तामा परेका छन । यससम्बन्धी बाँकी सहयोग तथा अनुगमनको बारेमा वडा नम्बर ५ नाडाका अध्यक्ष तुलाराम जैसिले किसानलाई राहतका लागि गाउपालीकासँग पहल भईरहेको बताए।

गाउपालिकाबाट प्रहरी नै आएर यसअघि असिनाको क्षतिको विवरण लगिएको र अहीले लागेको किराको पनि आफुले टोलमै पुगेर अनुगमन गरेकाले भोलि मात्रै गाउपालिकाको विपद ब्याबस्थापन समितीको बैठक बस्ने भएकाले यि समस्या नै एजेण्डाको रुपमा आफुले अघि राख्ने जानकारी दिए।