मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा नम्बर ६ का ७७ जनलाई खाद्यान्न सामाग्री वितरण

वडा नम्बर ६ का ७७ जनलाई खाद्यान्न सामाग्री वितरण


कमल रावल, अछाम ।

जापानमा रहनु भएका ज्वाला संग्रौला र सुशिला थापाको सहयोगमा मंगलसेन नगरपालिका वडा नम्बर ६ का ७७ जनालाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । बिपन्नवर्ग एकल महिला र सुकुम्बासीलाई यतिबेला राहत वितरण गर्ने अभियान अन्र्तगत वडा नम्बर ६ सँग सहकार्य गर्दै एक ब्यक्तिलाई २० केजी चामल, १ केजी दाल, १ पोका नुन, १ पोका तेल र १ पिस साबुन वितरण गरिएको बताईएको छ।

संग्रौला र थापाको सहयोग तथा मंगलसेन ५ निवासि हिमाल उपाध्यायको सक्रियतामा वडा नम्बर ६ को ठुलासैनमा सामाजिक दुरि कायम गर्दै वडा अध्यक्ष जनकराज भण्डारीको सहभागीतमा स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको बताईएको छ ।

राहत वितरण कार्यक्रममा वाड सदस्य देबेन्द्र प्रसाद भण्डारी, प्रहरी हवल्दार जितेन्द्र थापा, युवा ब्याबसायी फलेन्द्र उपाध्याय लगाएत सरोकारवालाको सहभागिता रहेको थियो । राहत वितरणमा सहयोग गर्ने ज्वाला सग्रौला, सुशिला थापा र सक्रिय भुमिका निर्बाह गरि वितरण गर्ने हिमाल उपाध्याय लगाएतको टिमलाई वडा कार्य समितीले सामाजिक संञ्जाल मार्फत धन्यवाद समेत ज्ञापन गरेको वडा अध्यक्ष भण्डारीले बताए ।

यस अघि वडाले पहीलो र दोस्रो चरणमा राहत वितरण गरिसकेको छ । पहिलो चरणमा २० जना, दोस्रो चरणमा ९० जना र तेस्रो चरणमा ७७ जनालाई राहत वितरण भएको बताईएको छ ।

बाँकी रहेका वडाबासि मजदुर किसान भारतबाट फर्केका, खेतीपाती नभएका ब्यक्तिहरुलाई आगामी राहत उपलब्ध गराईने वडा अध्यक्ष भण्डारीले बताए। ज्वाला संग्रौलाका सहयोगमा यसअघि मंगलसेन नगरपालिका वडा नम्बर ५ का ३० परिवारलाई समेत राहत वितरण गरिएको थियो ।