मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य ८९ हजार ६ सय

सुनको मूल्य ८९ हजार ६ सय


काठमाडौँ,जेठ २९ ।। बिहिबार नेपाली बजारमा सुनको मुल्य तोलामा १ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा  ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार तेजाबी सुनको मूल्य ८८ हजार १ सय ६० रुपैयाँ थियो। चाँदीको मूल्य तोलामा  ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।