मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माथी उड्नको लागि पखेटाको आवश्यकता चरालाई मात्र हुन्छ..

माथी उड्नको लागि पखेटाको आवश्यकता चरालाई मात्र हुन्छ..


मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. मान्छेबाट भुल हुनु प्रकृति हो, त्यसलाई स्विकार्नु संस्कृति हो र त्यसमा सुधार गर्नु प्रगती हो ।

२. जो संग धैर्य छ र मेहेनत गर्न डराउदैन उसको सफलता निश्चित छ ।

३. यदि लक्ष्यमा पुग्नु छ भने आफ्नो साथी आफै बन किनकि संगतीले तिमीलाई बहकाउने काम मात्र गर्ने गर्छ ।

४. माथी उड्नको लागि पखेटाको आवश्यकता चरालाई मात्र हुन्छ, मान्छे त जति तल झुक्छ त्यति नै माथी उठ्ने गर्छ ।

५. तिमी मनै देखी ठानेर त हेर कि के गर्ने भनेर, त्यसपछि तिम्रो दिमागले अनेक तरीका निकालन र खोज्न सुरु गर्छ ।

६. मान्छेको अगाडी विनम्रताले झुक्न जरुरी छ तर यति पनि नझुक्नु कि उठ्नको लागि कसैको सहारा लिन परोस् ।

७. हातको रेखालाई हेरेर भाग्यमा बिश्वास नगर्नुस किनको भाग्य त हात नहुनेहरूको पनि हुने गर्दछ ।

८. अनुमान गलत हुन सक्छ तर अनुभव कहिले पनि गलत हुन सक्दैन किनकि अनुमान हाम्रो मनको कल्पना हो र अनुभव हाम्रो जीवनको सिख

९. मौन र मुस्कान दुवै शक्तिशाली हतियारहरु हुन् किनकि मुस्कानले धेरै समस्याहरुलाई हाल गर्छ र मौनले धेरै समस्याहरुलाई टाढा राख्न सक्छ ।

१०. दुनियाले यो हेर्दैन कि पहिला तिमी के थियौ, दुनियाले त यो हेर्ने गर्छ कि आज तिमी के छौ ।