मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री हुनु भनेको एक्लो भएर काम गर्नु हो : मार्गरेट थ्याचर

प्रधानमन्त्री हुनु भनेको एक्लो भएर काम गर्नु हो : मार्गरेट थ्याचर


मितता संग लड्दै उठेर जितेकी महिला हुन् मार्गरेट थ्याचर । उनि बेलायतकी पहिलो महिला प्रधानमन्त्री तथा सबै भन्दा धेरै वर्ष पदमा रहेकी प्रधानमन्त्री हुन्। “आइरन लेडी” भनेर चिनिने उनको जन्म सन् १९२५ अक्टोबर २३ मा भएको थियो ।

मार्गरेट थ्याचरका प्रेरक भनाइहरु

१. तिमीले लडाई लड्नुपर्छ र जित्नको लागि एकपटक भन्दा बढी लड्नुपर्ने हुनसक्छ।

२. मलाई आलोचना र बहस मन पर्छ। मैले बोलिरहँदा मानिसहरुले सहमती मात्र जनाउन् भन्ने म चाहँदिन।

३. प्रत्येक दिन कामको योजना बनाऊ र त्यो योजनामा काम गर।

४. सफलता भनेको असफलता र मैले अझै केही गर्न बाँकी छ भन्ने चाहना, कडा मेहनत र निश्चित लक्ष्यको मिश्रित रुप हो।

५. मैले कोही यस्तो व्यक्ति देखेकी छैन, जो कडा मेहनत बिना नै सबैभन्दा अगाडी पुगेको होस्।

६. यदि तिमीले आफ्नो घाँटी आफै रेट्दैछौ भने, म संग त्यसमा बाँध्ने पट्टि माग्न नआऊ।

७. प्रधानमन्त्री हुनु भनेको एक्लो भएर काम गर्नु हो। मानिसहरुको भिंडको बीचबाट तिमीले नेतृत्व गर्न सक्दैनौ।

८. पैसा र सफलता कसैलाई पनि स्वर्गबाट नै मिल्दैन। त्यसको लागि तिमीले यही धर्तीमा मेहनत गर्नुपर्छ।

९. यदि म पुलबाट हिंडे भने मेरा आलोचकहरुले भन्नेछन्, ” उसलाई पौडी खेल्न आउंदैन, त्यसैले पुलबाट हिंडी। “

१०. पैसा कमाउनु गलत होइन । तर पैसाको जे कुरामा आवश्यक पर्छ, त्यतिको लागि मात्र पैसालाई महत्व देऊ ।