मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मार्क जुकरबर्गका प्रेरक भनाइहरु

मार्क जुकरबर्गका प्रेरक भनाइहरु


तपाईलाई यी १० महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

मार्क जुकरबर्ग फेसबुकका संस्थापक हुन् । कलेज जीवनमा छँदा नै एउटा नयाँ अवधारणाको विकास गरेर, त्यसमा लागि पर्दै विश्वका सफल उद्धमी र धनी व्यक्तिमा पर्न सफल भएका जुकरबर्ग, संसारभरका युवाहरुको लागि प्रेरणा हुन्। यहाँ, उनले भनेका केही प्रेरक भनाइहरु प्रस्तुत गरिएको छ :

१. मेरो विचारमा, बिजनेसमा सफल हुने एउटा नियम हो, सबैभन्दा सजिलो कामबाट सुरुवात गर्नु ।

२. पर्खालहरु निर्माण गर्नुको सट्टा, हामी पूल निर्माण गर्नमा सहयोग गर्न सक्छौं।

३. मेरो लक्ष्य कहिल्यै पनि एउटा कम्पनि निर्माण गर्नु थिएन । मलाई त कुनै एउटा यस्तो काम गर्नु थियो, जसले संसार बदलोस्।

४. तिमी जुन कुरा निर्माण गर्न चाहन्छौ, त्यसमा शतप्रतिशत दिंदै मायाका साथ गर। जसले ठूलो सफलता निर्माण गरे, उनीहरुले आफ्नो निर्माणकार्यलाई माया गर्दै शतप्रतिशत दिएका हुन् ।

५. केही मानिसहरु सफलताको सपना देख्नमै व्यस्त हुन्छन् भने ,केही मानिस उठ्छन् , कडा मेहनत गर्छन् र सफलता निर्माण गर्छन् ।

६. उद्धम गर्न चाहने प्रत्येक युवाले यो जान्न जरुरि छ की, ‘उनीहरुले के जान्दैनन्’।

७. डर र आशाको बीचमा आशालाई रोज्नको लागि हौसला चाहिन्छ।

८. यसरि दौडकी केही चिजहरु तोडिदेउ । यदि तिम्रो दौडाइले केही पनि तोडिएको छैन भने, तिमी दौडिएको पनि पुगेको छैन ।

९. मैले हरेक दिन म आफैलाई एउटा प्रश्न सोध्ने गर्छु ‘ के मैले आफूले गर्न सक्ने मध्येको सबैभन्दा महत्वपूर्ण काम गरिरहेको छु?’।”