मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मित्रलाई सधै मनमा राख्नुहोस र सत्रुलाई सधै नजरमा राख्नुहोस

मित्रलाई सधै मनमा राख्नुहोस र सत्रुलाई सधै नजरमा राख्नुहोस


जीवनमा धेरै घटनाहरु घटिरहेका हुन्छन् । ति घटनाहरु मध्ये कति भुल्न सकिने हुन्छन् र कतिपय भुल्ने गाह्रो हुने हुन्छन् । जीवनको यात्रामा कहिले घाम त कहिले पानी हुने गर्दछ ।

मानिसको जीवन सुखै सुखले मात्र भरिएको हुन्छ भन्ने नि हुदैन र दुखै दुख हुन्छ भन्ने पनि हुदैन । किनकि समयले कतिबेला कसको जीवनमा के परिवर्तन ल्याइदिन्छ भन्ने नै थाहा हुदैन ।

१. जब कोहि व्यक्तिले तपईलाई देखेर पनि नदेखेको जस्तो गर्छ भने यो कुरामा बिश्वस्त हुनुहोस कि त्यस व्यक्तिको नजर तपाई माथीनै छ ।
२. कठिन समयमा सबैको रंग देख्न पाइन्छ किनकि उज्यालोमा त पानी पनि छाडी जस्तो देखिने गर्छ ।
३ .जब दुस्मनले पनि दिनरात तपाईको कुभलो चिताउन थाल्छ भने यो बुझ्नुहोस् कि त्यस व्यक्तिलाई तपाइँ अवश्य सफल हुनुहुन्छ भनेर थाहा भइसकेको छ ।
४. यदि कोहि व्यक्तिले तपईलाई बुझ्न सक्दैन भने त्यो व्यक्तिलाई पुरा हक छ कि तपईलाई खराब पनि सम्झियोस ।

५. मित्रहरुलाई सधै आफ्नो मनमा राख्ने गर्नुहोस र सत्रुहरुलाई सधै आफ्नो नजरमा राख्नुहोस ।
६. सम्बन्ध कहिले पनि गल्तीले टुट्ने गर्दैन, सम्बन्ध त सधै गलत बुझाइले टुट्ने गर्दछ ।
७. यदि दुइ व्यक्तिमा कहिल्यै लडाई हुदैन भने बुझिहाल्नुस कि सम्बन्ध मनले होइन दिमागले निभाइरहेका छन ।
८. केहि सम्बन्धहरु यस्तो हुन्छ कि जसलाई मान्छेहरु जोड्दा जोड्दै आफै टुट्छन् ।

९. जब मान्छे नया मान्छेलाई भेट्छ तब पुरानो मान्छेहरुलाई भुलीदिन्छ तर जब नया मान्छेले मन दुखाउछ तब पुरानै मान्छेको याद आउने गर्दछ ।
१०. आधा दुख गलत मान्छेमाथी आशा राखेर हुन्छ र आधा दुख सच्चा मान्छेमाथी शंका गरेर हुन्छ ।