मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राम्रो देखिनको लागि हैन, राम्रो बन्नको लागी बाच्नु – प्रेरक भनाईहरु

राम्रो देखिनको लागि हैन, राम्रो बन्नको लागी बाच्नु – प्रेरक भनाईहरु


मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. यदि झुकेर सम्बन्ध राम्रो हुन्छ भने झुकिदिनु तर हरेक पटक तपईनै झुक्नु पर्छ भने त्यो सम्बन्धलाई त्यहि रोकिदिनु ।
२. ठुलो मान्छे त्यो होइन जसले ४ जना नोकर राख्न सक्छ, ठुलो मान्छे त त्यो हो जसले ४ जना नोकरको काम आफु एक्लै गर्न सक्छ ।
३. जीवनको सत्य बुझ्न धेरै गाह्रो छैन, मात्र जुन तराजुमा अरुलाई तौलिने गर्नुहुन्छ त्यहि तराजुले कहिले काही आफैलाई तौलेर हेर्नु ।

४. जहाँ तिम्रो कदर हुदैन त्यहाँ जान बन्द गरिदिनु, चाहे त्यो कसैको घर होस् या कसैको मन ।
५. जीवन पाउनु भाग्यमा निर्भर छ, मृत्यु आउनु समयमा निर्भर छ तर मृत्यु पछी पनि सबैले याद गर्नु त्यो तिम्रो कर्ममा निर्भर छ ।
६. असफल मान्छे दुनियाको डरले सोच बदल्ने गर्छन्, सफल मान्छे आफ्नो सोचले दुनियाँ बदल्ने गर्छन् ।

७. मान्छेले समयलाई सोधेछ, “आखिर किन हरेक पटक म हार्ने गर्छु ?” तब समयले भनेछ, “दिन होस् या रात, घाम होस् या छायाँ, बर्षा होस् या खडेरी, म सधै हिड्ने गर्छु, त्यसैले म जित्ने गर्छु ।” त्यसैले यदि तिमि पनि जित्न चाहन्छौ भने सधै हिड्ने गर ।”
८. ब्यबहार यति सरल बनाउनु कि सबै तिमी संग बस्न सकुन् र कर्म यति ठुलो बनाउनु कि तिमी उठेपछि कोहि बसी नरहुन् ।

९. राम्रो देखिनको लागी हैन, राम्रो बन्नको लागी जिउनु किनकि जो मान्छे झुक्न सक्छ त्यसले पुरै दुनियालाई झुकाउन पनि सक्छ ।
१०. यो कोशिस गर्नु कि जिन्दगीको हरेक पल राम्रो संग बितोस किनकि मान्छे त मेटिएर जान्छ तर याद सधै रहने गर्छ ।