मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हामीले जीवनमा स्विकार्नै पर्ने ८ सत्यहरु

हामीले जीवनमा स्विकार्नै पर्ने ८ सत्यहरु


जीवनमा हामी सिधा हिंड्न चाहन्छौं, तराईको चौडा र पक्कि बाटोमा सरर गाडीमा गुडे जस्तै । तर, जीवनको बाटोमा अकल्पनीय घुम्ती आउँछन् , उकालो ओराल आउँछ र कहिलेकाहीं पहाडको बाटो पहिरोले लगेर बाटो थुनिए जस्तै, हाम्रो जीवनको बाटो पनि थुनीयो जस्तो लाग्छ । तर, जीवनका यी केही सत्यहरुलाई बुझ्दै जाने हो भने , यो सबै स्वाभाविक लाग्छ र बाटोको निकासा खोज्न थालिन्छ।

जीवनमा स्विकार्नु पर्ने सत्यहरु :

१. तिम्रो आजको समय भोलि फर्केर आउंदैन । र, मृत्यु शास्वत सत्य हो, तिमी कतिबेला यस संसारबाट बिदा हुनुपर्ने हो, त्यो पनि थाहा छैन। त्यसैले, जे गर्नुछ, आजै गर । जे सुरु गर्नु छ, अहिले नै गर। सबैलाई सम्मानजनक व्यवहार गर।

२. अप्ठ्यारोमा बेवास्ता गर्नेहरु धेरै हुन्छन् भने प्रगतिमा खुट्टा तान्नेहरु धेरै हुन्छन् । त्यसैले जस्तोसुकै परिस्थितिमा पनि एक्लै उभिन सिक।

३. सफलता र असफलता , सुख र दु:ख , स्थायी रुपमा रहँदैनन्। जीवनको जुनसुकै मोडमा पनि आफूलाई सम्हाल्न र सुखमा नमात्तिन तथा दु:खमा नआत्तिन सिक।

४. तिमीले सबैलाई खुशी बनाउन सक्दैनौ। तिमीले जति नै राम्रो काम गर वा राम्रो व्यवहार गर, तिमीले आलोचना खेप्नु नै पर्छ। त्यसैले सबैभन्दा पहिले आफू खुशी हुने काम गर अनि त्यो खुशीमा खुशी हुनेहरुलाई समेट्ने प्रयास गर।

५. खुशी साना-साना कुराहरुमा हुन्छ । जीवनका प्रत्येक क्षण अमूल्य हुन् । साना-साना कुराहरुमा अड्किएको खुशीलाई बुझ।

६. तिमीले मेहनत र नियममा रहेर काम गरेतापनि सबै काम सफल नहुन सक्छन् । ती कामहरुले पढाउने पाठलाई सिक , आफ्ना पाइला नरोक किनकी सबै काम असफल हुँदैनन्।

७. तिमीले भोगिरहेका समस्याहरु अरुले पनि भोगेका छन् । सबै आ-आफ्ना चुनौतीसंग लड्न व्यस्त छन्। आफूलाई दुखी र अरुलाई खुशी देख्न छोड। मुस्कुराउन सिक।

८. सबैकुरा तिमीले सोंचेजस्तो कहिल्यै हुँदैन। जे पाउँछौ, त्यसलाई राम्रो बनाउने प्रयास गर।