मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनछुने भनाईहरु – यहाँ जिउदो मान्छे पानी डुब्छ र मुर्दा तैरीएर देखाउछ

मनछुने भनाईहरु – यहाँ जिउदो मान्छे पानी डुब्छ र मुर्दा तैरीएर देखाउछ


मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. कस्तो चमत्कार छ यो प्रकृतिको; जिउदो मान्छे पानी डुब्छ र मुर्दा तैरीएर देखाउछ ।
२. यो मृत्यु पनि बडो गजब को चिज हो साथीहरु एकदिन मर्नको लागि पुरै जिन्दगीभर बाँच्नुपर्छ ।

३. म मर्दा रुने लाखौ हुनेछन तर मेरो खोजी उसको हो जो म रुदा मर्नेछ ।
४. एक्लोपनलाई मेरो शोख नसम्झनु मित्र; यो त बडो प्यारले कोही आफ्नोले दिएको उपहार हो ।

५. कसको लागि बनाएको हौ यो स्वर्ग ए इश्वर म त स्वर्गको लायक यहाँ कोही पनि देख्दिन ।
६. म संसारको लागि कुनै खास त होइन तर म जस्ता निकै कम छन यो संसारमा ।

७. आज भोली मित्रता एक हजारको नोट जस्तै भएको छ बिचार गर्नुहोला, कतै नक्कली त हैन जो अन्त्यमा गएर धोका दिने ।
८. आफ्नो मान्छेको कदर समयमै गर किनकि मरेपछि त पराईले पनि दुई थोपा आँशु झारिदिन्छ ।

९. घमण्ड आखिर कुन चिजको गर्नु छ, आज माटो माथी हिड्दै छौ, भोली यहि माटो मुनि दबिनु छ ।१०. एउटा आखा नदेख्ने मान्छे मन्दिरमा आएको देखेर सबैले हास्दै सोधेछन्, मन्दिर त आयु तर के तिमी भगवानलाई देख्न सक्छौ त ? तब त्यो आखा नदेख्ने मान्छेले मुस्कुराउदै भनेछ, आखिर के नै फरक पर्छ र मैले देखे पनि मेरो भगवानले त मलाई देखिरहनु भएको छ नि । त्यसैले दृष्टि होइन दृष्टिकोण बदल्नु पर्छ ।