मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनछुने भनाईहरु – जिन्दगी छोटो यात्रा हो जहाँ धेरै लामो दुरी तय भएको हुन्छ

मनछुने भनाईहरु – जिन्दगी छोटो यात्रा हो जहाँ धेरै लामो दुरी तय भएको हुन्छ


मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. आशा अनि भरोसा तिनीहरुको गर्नु जसले हजुरको चिन्ता अनि ख्याल गर्छ ।

२. याद अनि साथको कुनै भरोसा हुदैन, याद जतिबेला पनि आउन सक्छ साथ जतिबेला पनि छुटन सक्छ ।

३. किम्ती थिए जिन्दगीका हरेक पल र त आजपनि मुल्य चुकाउदैछु ।

४. भ्रममा नबाच्नुस, यहाँ जिन्दगीलाई जिन्दगी जस्तो बनाउन आफैले पसिना बगाउनुपर्छ अरुको भर पर्नु हुदैन ।

५. भुलिदेउ तिनिहरु लाई जसले तिमिलाइ बुझ्न अनि चिन्न सकेनन त्यस्ता मान्छे जिन्दगीमा हुनु भन्दा नहुनु बेस कमसेकम आफ्ना हुन भन्ने भ्रममा त बाच्नुपर्दैन ।

६. जिन्दगी छोटो यात्रा हो जहाँ धेरै लामो दुरी तय भएको हुन्छ ।

७. प्रेम खास थियो जब तिमी साथ थियौ अहिले त बकवास लाग्छ ।

८. खुशी हुन मन नलागेको त कहाँ होर, तर दुनियाँ देखि डर लागेर मात्र हो ।

९. भाग्य खराब थियो या समय बुझ्नै सकिन र मौन छु दोष कसैलाइ दिन चाहान्न ।

१०. बिर्सी सकेको थिए समयले दिएको पीडा, आज फेरि त्यो दिनले सम्झन बाध्य बनायो ।