मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाचुन्जेल दुश्मनी कसैसग नगर, मरेपछि सम्झिने कोहि हुदैन – मनछुने भनाईहरु

बाचुन्जेल दुश्मनी कसैसग नगर, मरेपछि सम्झिने कोहि हुदैन – मनछुने भनाईहरु


न छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. बाचुन्जेल दुश्मनी कसैसग नगर, मरेपछि सम्झिने कोहि हुदैन ।
२. यहाँ ऋणले थिचेको र भाग्यले मिचेकालाई कसैले गन्दा रहेनछन् ।

३. भोली बाचिन्छ कि मरिन्छ थाहा हुदैन तर पनि मानिसहरु अलराम लगाएर सुत्छन्, शायद यसैलाई भनिन्छ आशा ।
४. कुनै पनि गल्ति मान्छेले दुइपटक गर्न सक्दैन, यदि गर्छ भने उसको गल्ति नै होइन, त्यो त उसको इच्छा हो भनेर बुझ्नुहोस् ।

५. हाम्रो सफलतामा नराम्रो मान्छेहरुको नै सबैभन्दा धेरै हात रहेको हुन्छ किनकि उनीहरु गर्लती देखाउदै जान्छन् र हामी सुधार्दै जान्छौ ।
६. कहिले काही जलेको कागज हेर्छु, यस्तो लाग्छ त्यो कागज खरानी नभएर उडाईदिउ अनि झारिदिउ, त्यसमा लेखिएका काला मसिले सजिएका कागजका यादहरु ।

७. भोकमरिले मर्ने लागेको बालक लासमाथी पैसाको माला देखेर खुसी भयो, मरेपछि पैसा आउने रहेछ भनेर ।
८. जिन्दगीमा घाउ अनगिन्ति हुन्छन् तर दुखाई त्यसको असहाय हुन्छ जुन आफ्नाले दिएका हुन्छन् ।

९. कसैको चित्त नदुखाउने प्रयासमा आफ्नो चित्त कति दुख्यो त्यसको कुनै हिसाब किताब नहुने रहेछ ।
१०. कति कुराहरु यस्ता हुन्छन्, जसलाई भन्नु भन्दा मनमा नै राख्दा आफुलाई आनन्द मिल्ने गर्दछ ।