मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीवनमा जहिले पनि महान कार्यहरु तागतले होइन, निरन्तर प्रयासले सफल पार्ने गर्छ

जीवनमा जहिले पनि महान कार्यहरु तागतले होइन, निरन्तर प्रयासले सफल पार्ने गर्छ


१. जीवनमा जहिले पनि महान कार्यहरु तागतले होइन, निरन्तर प्रयासले सफल पार्ने गर्छ ।

२. कहिले पनि कुनै चिजको पर्खाइमा नबस्नु किनकि जिन्दगी तपाईले सोचेको भन्दा धेरै छिटो दौडिने गर्छ ।

३. आजको युगमा जो सबैभन्दा कम बोल्न सक्छ उसैले आफ्नो इज्जतलाई सबै भन्दा लामो समयसम्म बचाउन सक्छ ।

४. जुन दिन मान्छेले अरुको मन संग खेल्न छोडीदिन्छ, त्यहीबेला बाट यो दुनियामा कुनै पनि सम्बन्ध अधुरो रहेने छैन ।

५. जो मान्छेहरुले तपाईलाई दौडेर हराउन सक्दैनन्, ति मान्छेहरुले तपाईको मनलाई तोडेर हराउने कोसिस गर्ने छन्, त्यसैले आफ्नो मनलाई बलियो बनाउनुहोस् ।

६. याद राख्नुस, तपाईको मन एकदमै मुल्यवान छ त्यसैले मनमा तिनीहरुलाई मात्र ठाउ दिनु जो तपाईको मनमा रहनको लागि लायक छन् र तपाईको मनको कदर गर्छन् ।

७. जो मान्छेले जिन्दगीमा हद भन्दा हद पिडा पाएको हुन्छ त्यो मान्छे कहिल्यै रुदैन, बस चुपचाप बस्ने गर्छ किनकि उसले रुदा रुदा पीडालाई जितिसकेको हुन्छ ।

८. धोका, छलकपट, भ्रष्टाचार बटा कमाएको पैसाबाट तपाईले जति नै ठुलो पुण्यको काम गर्नुस तर पुण्य तपाईले होइन उसले पाउछ जसको त्यो पैसा हो ।

९. यदि सर्प घरमा पस्यो भने त्यसलाई डण्डाले हानेर मारिन्छ तर त्यहि साप एउटा शिबको मुर्तिमा गैर बस्यो भने त्यसलाई दुध खुवाइन्छ, त्यसैले भ्रम बाहिर हैन मान्छेको दिल र दिमागमा हुने गर्दछ ।

१०. आज हामीले अरुलाई जे दिन्छौ त्यो एक न एक दिन जिन्दगीले हामीलाई नै फर्काइ दिने गर्छ, चाहे त्यो हासो होस् या आँशु, त्यसैले दुख दिदैछौ भने यो पक्का हुनु कि भोलि को दिन तिम्रो अगी दुखले भरिएको हुनेछ ।