मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनछुने भनाईहरु – तिमी जे बन्न सक्छौ त्यो बन्नको लागि अझैँ पनि ढिला भएको छैन

मनछुने भनाईहरु – तिमी जे बन्न सक्छौ त्यो बन्नको लागि अझैँ पनि ढिला भएको छैन


१. बगिरहेको खोलाले ठुला ठुला ढुंगा काट्छ, त्यो उसको शक्तिले होइन, उसको निरन्तरताले हो ।

२. फुलको काम फुल्ने हो, फुलिरहन्छ । मेरो बास्नाको मुल्यांकन भएन भनेर कचकच कहिल्यै गर्दैन ।

३. भगवानली जिन्दगी दिनुभएको छ, त्यो नै धेरै ठुलो कुरा हो । अरु भनेको त आफुले बनाउने र कमाउने हो ।

४. मानिसहरु तब राम्रो काम गर्न सक्छन् जब उनीहरुलाई थाहा छ मेरो लक्ष्य के हो र मैले यसलाई किन बनाएको हु ।

५. जसलाई हामी आँखा चिम्लेर बिश्वास गर्छौ, अक्सर उसले नै हाम्रो आँखा खोल्ने काम गर्छ ।

६. समय जति सुकै खराब किन नहोस, फुल सुकेर कहिल्यै पात हुदैन ।

७. तिमी जे बन्न सक्छौ त्यो बन्नको लागि अझैँ पनि ढिला भएको छैन ।

८. आफ्नो मिनेटमा ध्यान दिनुहोस, घण्टाली आफ्नो ध्यान आफै राख्नेछ ।

९. दुश्मनहरुलाई रुवाउनु छ भने मन खोलेर हास्ने गर्नुस, दुश्मन आफै जलेर मर्नेछन् ।

१०. जो मान्छेल गल्ति गर्दैन त्यो मान्छे होइन, तर जो मान्छेले बारम्बार एकै गल्ति दोहोर्याई रहन्छ भने त्यो झनै मान्छे होइन ।

११. तिमी निराश नहोउ, कमजोर तिम्रो समय हो, तिमी होइन ।

१२. मैले तिमीले भनेको सबै कुरा माने भनेत म तिमी भइ हालेनी, कहाँ म रहन्छु र !! कृपया मलाई म नै बन्न देऊ ।

१३. अवसर भनेको सुर्योदय जस्तै हो, यदि धेरै कुर्छौ भने तिमी त्यसलाई गुमाउने छौ ।