मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘भगवानलाई मन्दिरमा भन्दा बढी अस्पतालमा याद गरिन्छ’

‘भगवानलाई मन्दिरमा भन्दा बढी अस्पतालमा याद गरिन्छ’


१. इरादा बदलिन्छ, बोल्ने शैली बदलिन्छ, सम्बन्ध बदलिन्छ, भगवान पनि बदलिन्छन्, जब मान्छेको समय बदलिन्छ तब मान्छे आफै बदलिन्छ ।

२. समय यति चाडो रङ फेर्छ कि बितेको र आउने पालाको फरक चिन्न गाह्रो हुन्छ । मेरो ख्यालमा यदि कसैले समयलाई बुझ्न सकेको छ त, त्यसले जसको सबै समय सकिएको छ ।

३. मुस्कुराउन जो संग मात्र सकिन्छ तर रिसाउन मन नजिकको नै मान्छे चाहिन्छ ।

४. माफी केवल त्यसले मात्र दिन सक्छ जो भित्र मनबाट नै बलियो हुन्छ । खोक्रो माच्न्ह्हेहरु त सधै रिसको आगोमा जलिरहेका हुन्छन् ।

५. आफ्नो उमेर र पैसाको कहिले पनि घमण्ड नगर किनकि जे चिज गन्न सकिन्छ नि त्यो चिज बिस्तारै सकिदै पनि जान्छ ।

६. भुल हुनु प्रकृति हो, स्वीकार गर्नु संस्कृति हो र सुधार गर्नु प्रगति हो ।

७. मरेर त एकदिन सबैलाई जानु नै छ, फेरी किन मान्छेहरु एक अर्कालाई डाहा गर्ने गर्छन् ?

८. भगवान भन्नुहुन्छ कि निराश नहोउ, म तिम्रो साथमा छु, छेउमा त छुइन तर वरिपरी छु, आखा बन्द गरेर मनबाट याद गर, म अरु कोहि होइन, तिम्रो आत्मविश्वास हु ।

९. मानवता भन्ने कुरा आज मैले रगत जम्मा गर्ने ठाउ बाट सिकेको छु, जहाँ बोतलमा जात र धर्म हुदैन ।

१०. जल्नुनै छ भने मन्दिरको धुप जसरी जल, ताकी थाहा पाउनेले पनि भनुन्, कस्तो मिठो सुगन्ध फैलियो ।

११. भगवानलाई मन्दिरमा भन्दा बढी अस्पतालमा याद गरिन्छ ।

१२. बीच बिचमा गित बज्दैन र मात्र, नत्र जिन्दगी पनि फिल्म भन्दा कहाँ कम छ र !