कला साहित्य / मनोरञ्जन

“१६ वर्षे उमेर” का साथमा आए टंक तिमिल्सिना (भिडियो सहित)

अछाम : लोकप्रिय गायक टंक तिमिल्सिनाको नयाँ गीत सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक “१६ वर्षे उमेरमा” टंक र चर्चित गायिका प्रविशा अधिकारीको सुमधुर आवाज रहेको छ।

पछिल्लो समयका व्यस्त अनि चर्चित संगीतकार दिपक शर्माको गीतमा शब्द तथा संगीत रहेको छ। गीतलाई नरेन्दे वियोगीले एरेन्ज गरेका हुन् ।

गीतको अडियोसंगै भिडियो पनि एकदम उत्कृष्ट अनि आकर्षक बनेको छ। भिडियोमा चर्चित टिकटक स्टार गीत ढुंगाना र अविषेक खड्का फिचर्ड छन् । भिडियोमा गीता र अविसेकको केमिस्ट्री गज्जबको देखिएको छ।

भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन् । राम कुमार केसीले खिचेको भिडियोलाई सन्तोष राजबागले कोरियोग्राफी गरेका हुन् भने टेकेन्द्र शाहले नै रंग संयोजन अनि सम्पादन गरेका हुन् ।

गीतको भिडियो टंक तिमिल्सिनाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो…

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिसन ग्रासरुट अभियानले कार्यकर्ताहरु उत्साहित भएका छन : एमाले नेत्री आशा बिक (अन्तरवार्ता सहित)
‘मिसन ग्रासरुट’ नाम संविधानको मर्म विपरीत भयो – नेता रावल (अडियो)
तुर्माखाँदमा अछामलाई न्यानो स्वागत (फोटो फिचर)
वैद्यनाथ धाममा महाशिवरात्री मेला व्यवस्थापनको तयारी केछ ? (कुराकानी)