मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी बिनय रावलको समन्वयमा बाढी प्रभावित क्षेत्रका लागि सहयोग जुट्दै, १ लाख नगद सहित २ लाखको सामाग्री प्राप्त

समाजसेवी बिनय रावलको समन्वयमा बाढी प्रभावित क्षेत्रका लागि सहयोग जुट्दै, १ लाख नगद सहित २ लाखको सामाग्री प्राप्त


अछाम । नेपाली कांग्रेस रामारोशन गाँउपालिकाले उक्त क्षेत्रमा आएको बाढी पहिरोबाट बेपत्ता परिवार र पिडित समुदायका लागि आर्थिक सहयोग संकलन अभियान गरिहेका बेला बिभिन्न क्षेत्रकाट सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।

कांग्रेसका नेता तथा समाजसेवी बिनय रावलको पहलबाट बाढी प्रभावित क्षेत्रका लागि १ लाख नगद सहित २ लाख बराबर सामाग्री प्राप्त भएको छ । अछामी भएका नाताले पनि सहयोग गर्नु धर्म भएको भन्दै रावलले आफुलाई समेत दुख लागेको भन्दै सहयोग गरिरहेको बताए । साथै उनले आगामी दिनमा समेत सहयोगका लागि पछि नहटने बताएका छन् ।

पूर्व गभर्नर एबम सम्बिधान सभा सदस्य डा. तिलक रावलका छोरा सामाजिक अभियान्ता रावलले द्धावारीका प्रतिष्ठान, एक बिश्व एक सिकाई केन्द्र तथा शान्ती सेवा गृहसंगको सहकार्यमा उक्त रमक र सामाग्री प्राप्त भएको कांग्रेस अछामका यूवा नेता एवम पूर्व नेबिसंघ जिल्ला सचिव दिनेश कुमार स्वाँरले बताए ।

२ लाखको समाग्रीमा ८५ थान टेन्ट पाल, ८५ थान सिलिपिङ ब्याग लगायतका रहेको स्वाँरले बताए । काठमाण्डौमा रही बाढि पिडितको सहयोगमा जुट्नु भएका बिपी यूवा मञ्च अछामका अध्यक्ष समेत रहेका नेता स्वाँरले रावलबाट उक्त सामाग्री बुझेर अछाम पठाएका छन् ।

सामाग्री अछाम आईसकेपछि बितरण गरिने नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वाँरले बताए । साथै बाढ िप्रभाबित क्षेत्रमा महलम लगाउन सबै क्षेत्रका सहयोग गर्नका लागि सभापति स्वाँरले आग्रह समेत गरेका छन् ।

यो पनि पढ्नुस