मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाफ पाइन्टमै हिडेर अनुगमनमा रामारोशन पुगे अर्थमन्त्री बोहरा

हाफ पाइन्टमै हिडेर अनुगमनमा रामारोशन पुगे अर्थमन्त्री बोहरा

"लौरो टेक्दै, पिडाबुझ्दै बाढी पिडितलाई खाद्यान्न सहीत स्वास्थ्य सामाग्री दिए"


“लौरो टेक्दै, पिडाबुझ्दै बाढी पिडितलाई खाद्यान्न सहीत स्वास्थ्य सामाग्री दिए

अछाम – जिल्लाकोे रामारोशन गाउपालीका पुग्नु भएका सुदुरपश्चि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि झपट बहादुर बोहराले आज बाढि पहिरोले क्षति गरेको क्षेत्रको अनुगमन सहित राहत हस्तान्तरण गरेका छन् ।

भदौ ६ गतेबाट अछाम जिल्लाको साँफेबगर नगरपालीबाट अनुगमन सुरु गरेका बोहराले आईतबार दिनभर रामारोशन विभिन्न कार्यक्रममा सहभागि सहीत राहत हस्तान्तरण गरेका हुन् ।

अर्थमन्त्रि बोहराले रामारोशन गाउँ पालिकामा बाढी पहिरोबाट पिडित नागरिकका लागि ३ लाख ६२ हजार बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष झकर साउदलाई हस्तान्तरण गर्नु भएको उहाँका स्वकिय सचिव आदर्श साउदले बताए ।

६८ क्विन्टल चामल, २ क्विन्टल दाल र ६३ हजार बराबरको स्वाथ्य सामाग्री हस्तान्तरण गरिएको बताईएको छ । त्यसअघि रामारोशन गाउपालिकाको वडा नम्बर २ र ३ मा बाढिले गरेको क्षतिको स्थलगत अनुगमन गरिएको थियो ।

त्यसैगरि बोहराले गाउपालिका बैठकमा सहभागी भई रिपोर्ट संकलन र निर्देशन, नेकपा रामारोशन गाउँपालिकाको सचिवालय बैठकमा सहभागी भई रिपोर्ट संकलन गर्नु भएको बताईएको छ ।

अनुगमन सहित छलफलमा नेकपा अछामका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य शेर बहादुर कुवर, गाउँपालिका अध्यक्ष झकर बहादुर साउदको समेत उपस्थित रहेको थियो ।