मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नव गायक रावलको पहिलो देउडा गित “प्रदेश मेरा भाग” सार्वजनिक

नव गायक रावलको पहिलो देउडा गित “प्रदेश मेरा भाग” सार्वजनिक


अछाम – नव गायक लोकमान बिरही रावलको पहिलो देउडा गित “प्रदेश मेरा भाग” बजारमा सार्वजनिक भएको छ ।

अछाम जिल्ला बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ५ कालिका सुगालि निवासी गायक रावलको प्रदेशमा बस्ने नेपाली दाजुभाईको पिडामा आधारित “प्रदेश मेरा भाग” पहिलो प्रस्तुती बिशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

रावलले शब्द संगीत भर्नु भएको गितमा स्वर स्वयम रावल तथा चर्चित देउडा गायिक निरुता खत्रिले भर्नु भएको छ । गायक नेत्र परियारको लय, भिम थापाको निर्देशन, डीबी रौलेले छायाँकन तथा सम्पादन राजेश कुमारले गरेको छन ।

गितको भिडियोमा प्राय आधुनिक गीतका म्युजिक भिडियोमा बढी अभिनय गरिसकेका सनम कठायत र नेपालि गित संगीतकी मोडल साया भण्डारीको अभिनय गरेका छन ।

युटुबमा सार्वजनिक भएको १ दिनमै थुप्रै दर्शक तथा स्रोता गितलाई मन पराएकाले सबैलाई सल्लाह दिन रावलले आग्रह गर्नु भएको छ ।