मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संगीतको शिखर चुम्ने दिन आज, को बन्ला त बिजेता ?

संगीतको शिखर चुम्ने दिन आज, को बन्ला त बिजेता ?


काठमाडौं : नेपालको चर्चित सिन्गिंग रियालिटी शो नेपाल आइडल सिजन ३ को फिनाले शुक्रबार आज हुँदै छ ।  कोरोना भाइरसको महामारीका कारण केहि समय रोकिएको शो पुनः प्रसारणमा आएसंगै फिनालेमा पुगेको हो  ।

पछिल्लो वर्ष नेपाल आइडलको आइडल छान्नको लागि आ–आफ्नो तर्फबाट धेरै मानिसहरु नारासहित सडकमा उत्रिने गरेका थिए तर यो वर्ष सबै कार्यक्रम सामाजिक सञ्जालमा मात्र सीमित भएको छ । आज नेपाल आइडलको स्टुडियोमै ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनाले हुँदैछ । जसबाट विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट नेपालले तेस्रो नेपाल आइडल पाउने छ ।

हजारौं प्रतिस्पर्धीबाट आफुलाई अब्बल साबित गर्दै उत्कृष्ट ३ मा पर्न सफल भएका सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेलबीच उनीहरुले पाएको भोटको आधारमा नेपाल आइडल सिजन ३ को विजेता चयन हुनेछ ।

विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् । अन्य हप्ताको कार्यक्रम जस्तै शुक्रबारको कार्यक्रममा सीमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल–३ को विजेता घोषणा गरिने प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए ।

कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्युु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।