मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी पिडितलाई काँग्रेस बाजुरा र बुढिनन्दा नगरको राहत सहयोग

बाढी पिडितलाई काँग्रेस बाजुरा र बुढिनन्दा नगरको राहत सहयोग


बाजुरा – जिल्लाको उत्तरपुर्वी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपलिकाका बाढी पिडीतलाई राहात सामाग्री सहित नगद सहयोग गरिएको छ ।

बुढीनन्दा नगरपालिका र नेपाली काँग्रेस बाजुराको सहयोगमा बुढीनन्दा नगरपालिका वडा नं ४ को ताडी र घोडाकोटमा विस्थापित ३० परिवारलाई बुढिनन्दा नगरपालिकाका  सहयोगमा पाल र कम्मल गरिएको लाल बहादुर रोकायाले जानकारी दिएका छन् ।

त्यस्तै बुढीनन्दा नगरपालिका र नेपाली काँग्रेस बाजुराकै संयुक्त आयोजनामा सोही स्थानका बाढी पहिरोले जग्गा बगाएका ३२ परिवारलाई रु १५ सयका दरले ४८ हजार नगद सहित राहात वितरण गरिएको नेपाली काँग्रेस जिल्ला कार्य समितिका कोषध्यक्ष नारायण पाध्यायले बताए ।

राहात वितरण कार्यक्रममा बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरीले नगरपालिकाका अन्य वडाका बाढि प्रभावित क्षेत्रमा नगरपलिका र नेपाली काँग्रेस बाजुराको सहयोग रहने जानकारी दिए ।