मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोक गीत ‘पानी छल्काले’ सार्वजनिक

लोक गीत ‘पानी छल्काले’ सार्वजनिक


काठमाडौं । गायक तथा संगीतकर्मी प्रसाद लामिछाने र गायिका समीक्षा अधिकारीको स्वरमा ‘पानी छल्काले’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

पानी छल्काले गीतलाई युट्युब च्यानल प्रसाद डिजिटल म्यूजिकले सार्वजनिक गरेको हो ।

सुरेन्द्र लामिछानेको शब्द रचना तथा प्रसाद लामिछानेको संगीत रहेको गीतको भिडियो कुमार केसीले गरेका छन् ।

भिडियोेमा सुरेन्द्र लामिछाने र नायिका तथा मोडल नम्रता सापकोटाले अभिनय गरेका छन् ।

प्रविन भट्टको सम्पादन रहेको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् ।