मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मृतकका परिवारलाई राहत स्वरुप एक लाख सहयोग

मृतकका परिवारलाई राहत स्वरुप एक लाख सहयोग


बाजुरा – जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने बुढीनन्दा नगरपालिकामा भीरबाट खसेरको ढुंगा लागेर मृत्यु भएकाको आफन्तलाई राहत स्वरुप एक लाख नगद सहयोग गरिएको छ।

कोल्टी बृहत खानेपानीको ट्यांकी मर्मतका लागि पाइप बोकेर लैजाने क्रममा खसेको ढुंगा लगेर मृत्यु भएका बुढिनन्दा नगरपालिका वडा न ३ नुरीका २४ वर्षीय जगत रोकायाको परिवारलाइ सहयोग गरिएको नगर प्रमुख पदम कुमार गिरीले बताए।

रोकायाको खानेपानीको ट्याँकी मर्मत गर्ने गरी पाइप बोकेर लैजाने क्रममा बीच बाटोका भीरबाट खसेको ढुंगा लागेर मंगलबार मृत्यु भएको थियो।

बुढिनन्दा नगरपालिकाले बाढी पहिरो लगायतका विपदबाट मृत्यु भएका परिवारलाई पनि एक लाख राहत दिने गरेको नगरपालिकाले निर्णय गरेको जनाएको छ ।

यसै गरि कोल्टी उद्योग वाणिज्य संघबाट दश हजार, एसियन लाइफ इन्स्योरेन्स कम्पनी कोल्टी सम्पर्क कार्यालयबाट चार हजार नगद सहयोग गरिएको कोल्टी उद्योग वाणिज्य संघका अध्यक्ष कासीराम कैलाले जानकारी दिए ।

मृतकका परिवारलाई तत्काल राहत स्वरुप एक लाख मात्र सहयोग गरिएको भएपनि नगरपालिकामा कार्यपालिकाको बैठकबाट थप सहयोगका लागि निर्णय गर्ने नगर प्रमुख गिरीले प्रतिवद्धता ब्यक्त गरेको लालबहादुर रोकायालेजानकारी दिए।