मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेबिसंघ र तरुण दलका युवाद्वारा रामारोशनका बाढी पीडितलाइ आर्थिक सहयोग

नेबिसंघ र तरुण दलका युवाद्वारा रामारोशनका बाढी पीडितलाइ आर्थिक सहयोग


अछाम – कमलबजार नगरपालिकाका नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका सक्रिय युवा नेताहरु द्वारा रामारोशनका बाढी पीडितको राहतका लागि आर्थिक सहयोग गरिएको छ ।

अभियान द्वारा संकलित ३६ हजार, ६ सय ,पाच रुपैया नेपाली काँग्रेसका संस्थापक तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बी पी कोईरालाको १०७ औं विपी जयन्तीकाे अबसरमा रामारोशन गाउँपालिक राहत संकलन समिति संयोजक पुस्प बिष्ट मार्फत नेपाली काङ्ग्रेस अछाम लाई प्रदान गरिएको छ ।

कमलबजार मा चलाइएको राहत संकलन समितीका संयोजक तथा कमलबजार नगरपालिका वडा नम्बर वडा १० का वडा सदस्य नृप बहादुर बिष्ट नेपाली काङ्ग्रेस अछामका पुर्व कार्यालय सचिव महेश जैसी, नेपाल तरुणदल नगर कार्य समिति अध्यक्ष मीन बहादुर बिष्ट,नेपाल तरुण दल नगर कार्य समिति सचिब-नेत्र प्रसाद ढकाल,नेपाल बिद्यार्थी सँघ के एल सि कलेजका इकाई सचिब-कपिल भण्डारी,नेपाल लेखक सँघ अछाम सदस्य-राम अबिरल बिष्टको सक्रियतामा उक्त रकम संकलन गरिएको थियो ।