मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशनका बाढि पिडितका लागि वलिगाउका २ जना समाजसेबीले गरे १० हजार सहयोग

रामारोशनका बाढि पिडितका लागि वलिगाउका २ जना समाजसेबीले गरे १० हजार सहयोग


अछाम – जिल्लाको रामारोशनका बाढि पिडितको सहयोगका मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ निवासि नेत्र बहादुर रावल र रोहित रावलले १० हजार सहयोग गर्नु भएको छ ।

भारतको मुम्बईमा बस्दै आएका रावलले बाढि पिडितलाई केही सहयोग पुगोस भनेर गाउपालिकाको खातामा पैसा जम्मा गर्ने गरि १० हजार सहयोग गरेका छन ।

भारतबाट प्राप्त १० हजार रकम उहाँका आफन्त मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउका कमल रावलले गाउपालिकाका अध्यक्ष झँकर बहादुर साउदलाई चेक हस्तान्तरण गर्नु भएको छ ।

चेक बुझदै अध्यक्ष साउदले सस्थागत रुपमै जम्मा हुने गरि रकम सहयोग गरेकोमा धन्यवाद दिदै आगामि दिनमा समेत सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

भारत बसेपनी आफ्नो जन्म थलो अछाममा पिडीतका लागि जहीले पनी सहयोग गर्न लागि पर्ने नेत्र बहादुर रावलले बताउनु भयो ।