मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी बिष्ट र काङ्ग्रेस नेता खड्का द्वारा बाढी पीडितलाई आर्थिक सहयोग

समाजसेवी बिष्ट र काङ्ग्रेस नेता खड्का द्वारा बाढी पीडितलाई आर्थिक सहयोग


अछाम निवासी हाल अमेरिका बस्दै आएका समाजसेवी एन आर एन गणेश बिष्टले रामारोशनका बाढी पीडितको राहतका लागि आर्थिक सहयोग गरेकाछन।

बिष्टले पीडित परिवारका लागि १ लाख रकम सहयोग गर्नुभएको हो । आफुले गरेको यो सहयोगले बाढी ग्रस्त रामारोशनका पीडित हरुको घाउमा थोरै भएपनि मलम लाग्ने बिष्टले बताए ।

त्यस्तै चौरपाटी गाउँपालिका लुङ्रा निवासी समाजसेवी एवम् काङ्ग्रेस नेता बिर चेतमान खड्काले पनि १० हजार ,एक सय ,एघार रुपैयाँ रकम सहयोग गरेका छन् ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अछामले र नेपाली कांग्रेस रामारोशन गाँउकार्यसमितिले उक्त क्षेत्रमा आएको बाढी पहिरोबाट बेपत्ता परिवार र पिडित समुदायका लागि आर्थिक सहयोग संकलन अभियान संचालन गरिरहेको छ ।

उक्त संकलित रकम र संकलित राहत सामाग्री केहि दिन मै बाढी ग्रस्त क्षेत्रमा पुगि पीडित परिवारलाई हस्तान्तरण गर्ने नेपाली काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वारले बताए