मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गगन चन्द्रा भक्त ठकुल्ला समाजले बा’ढी पिडि’तहरुलाई घर बनाई दिने

गगन चन्द्रा भक्त ठकुल्ला समाजले बा’ढी पिडि’तहरुलाई घर बनाई दिने


अछाम ।

रामारोशन गाउँपालिकाका बाढी पिडितहरुलाई गगन चन्द्रा भक्त ठकुल्ला समाजले घर बनाई दिने भएको छ ।

समाजले तत्कालका लागि ५ वटा घर बनाईदिने समाजका अध्यक्ष भक्त ठकुल्लाले बताए । बाढीले गर्दा घर पुरै भत्किएर हाल सडकको बास भएकाहरुलाई घर लगाईदिने अध्यक्ष ठकुल्लाले बताए ।

गाउँपालिकासंग समन्वय भईरहेको र जग्गा उपलब्ध भएपछि घर लगाउने योजना रहेको उनको भनाई थियो ।

समाजका अध्यक्ष ठकुल्लाले भने गाउँपालिका अध्यक्षसंग यस बिषयमा कुरा भएको छ, स्थानिय निकायले जग्गा उपलब्ध गराएमा निर्माणको कार्य अगाडी बढाईने छ ।

गएको भदौ २ गते कैलाश खोलामा आएको बाढीले रामारोशनको सैनीबजारका १७ जना बेपत्ता भएका थिए जसमा ८ जनाको मात्रै शब फेला परेको छ ।

अझै ९ जना बेपत्ता छन् । बाढीले रामारोशन क्षेत्रमा ठुलो धनजनको क्षति गरेको थियो ।