मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी पिडितका लागि शिक्षक संघ अछामको १ लाख ४५ हजार बढी सहयोग

बाढी पिडितका लागि शिक्षक संघ अछामको १ लाख ४५ हजार बढी सहयोग


अछाम – नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति अछामले रामारोशनको बाढी पहिरो पिडितहरुका लागि १ लाख ४५ हजार १० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । शिक्षक संघ चौरपाटी गाउँ पालिका बाट ५४ हजार १० रुपैया, रामारोशन गाउँ पालिकाबाट २९ हजार रुपैयाँ, साफेबगर नगरपालिका बाट १० हजार रुपैयाँ, कमलबजार नगरपालिका बाट १० हजार रुपैया संकलन भएको छ।

यस्तै पन्चदेवल विनायक नगरपालिका बाट १० हजार रुपैयाँ, तुर्माखाद गाउँ पालिका बाट १० हजार रुपैया, ढकारी गाउँ पालिका बाट १० हजार रुपैयाँ, मेल्लेख गाउँ पालिका बाट ७ हजार रुपैयाँ र बान्निगढी जयगढ गाउँ पालिका बाट ५ हजार रुपैयाँ आर्थिक संकलन गरिएको हो।

यता शिक्षक संघ मंगलसेन नगरपालिकाले भने रकम संकलन गरिरहेको शिक्षक संघ अछामले जनाएको छ । उक्त रकम नेपाली कांग्रेस रामारोशनले सन्चालन गरेको राहत संकलन तथा उद्रार समितिको कोषमा प्राप्त भएको राहत संकलन तथा उदार समितिका संयोजक कांग्रेश युवा नेता पुष्प बिष्टले बताए।

नेपाल शिक्षक संघ रामारोशनका संयोजक भिम खत्रीको अध्यक्षतामा भएको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संघ अछाम अध्यक्ष बिष्णु प्रसाद भण्डारी रहेका थिए। कार्यक्रममा बिशिस्ट अतिथि नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल रहनु भएको थियो।

गएको भाद्र २ गते रामारोशन क्षेत्रमा आएको बाढी पहिरोका कारण मृतक परिवार तथा अन्य पिडित परिवारका लागि सहयोग गर्न शिक्षक संघ अछामले सबैमा अपिल समेत गरेको छ।