मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. केसीलाई मध्यरातमा जबरजस्ती अस्पताल लगियो

डा. केसीलाई मध्यरातमा जबरजस्ती अस्पताल लगियो


चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसनमा बसेका डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबरजस्ती उठाएर अस्पताल लगेको छ ।

करिब पौने एघार बजे प्रहरीले जबर्जस्ती उठाएर उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको डा केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले बताए ।

१९ औं सत्याग्रहमा बसेका डा केसीको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै डाक्टरहरुले चिन्ता ब्यक्त गरेपछि अस्पताल लगिएको प्रहरीले स्पष्टीकरण दिएको छ । नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए । तर उनी अस्पताल जान मानेका थिएनन् ।

अस्पताल जान नमानेका डा केसीलाई राति नै लछारपछार पारेर प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको डा केसीका सहयोगीहरुले बताएका छन् ।

उनले प्रहरीले अपहरण शैलीमा उठाएकाले कुनै पनि उपचार नलिने बताएका छन् ।

डा केसी मुलुकको स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार माग गर्दै ७ दिनदेखि जुम्लामा अनशनरत छन् । लामो समयदेखि पटकपटक अनशन बस्दै आएका डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको चिकित्सकहरुले बताएका छन् । नेपाल समय