मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढिनन्दा काँग्रेसले ताडीका बाढि पि’डि’तलाई गर्यो राहत वितरण

बुढिनन्दा काँग्रेसले ताडीका बाढि पि’डि’तलाई गर्यो राहत वितरण


फाइल फोटो

बाजुरा – जिल्लामा लगातारको अविरल वर्षसंगै आएको बाढी र पहिरोबाट प्रभावित बनेका बुढीनन्दा नगररपालिका–४ ताडीका स्थानीयहरुलाई नेपाली काँग्रेस बुढीनन्दा नगर कार्य समितिले संकलन गरेको रकम राहत स्वरुप आर्थिक सहयोग गरिएको छ । अविरल वर्षसंगै गएको बाद्र ३१ गते बाढी र पहिरोबाट प्रभावित भएका ताडीका २६ परिवारलाई नगर कार्य समितिले संककलन गरेको २ हजार ६२५ रुपैया नगद सहयोग गरिएको नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य शिव बोहराले बताएका छन् ।

बाढी र पहिरोले ताडीमा पुर्याएको क्षतीको अवस्थालाई मध्यनजर गर्दै संकलन गरिएको राहत रकम संकलनपछि नगद रकम नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य महिला नेतृ रितादेबी सिंहले हस्तान्तरण गरेको नेविसंघका नेता लालबहादुर रोकायाले जानकारी दिएका छन्। उनले दिएको जानकारी अनुसार पुर्ण रुपमा बाढी र पहिरोबाट क्षती भएका तीन परिवारलाई ६ हजारका दरले १८ हजार र आशिंक क्षति भएका २३ परीवारलाई एक हजार पाँच सयका दरले ३४ हजार पाँच सय रुपैया गरी ५२ हजार पाँच सय नगद सहयोग गरेको रोकायाले बताएका छन्।

सोमबार सोही नगरपालिका–४ ताडीमा कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रमको आयोजनामा नेपाली काँग्रेस बुढीनन्दा नगर कार्य समितिले बाढी र पहिरोबाट प्रभावित क्षेत्रका स्थानीयको घर दैलोमा पुगेर राहत वितरण गरेको हो । उक्त नगरपालिका–७ का शिक्षक स्वर्गीय खडक बहादुर रोकाया र कृष्ण बहादुर शाही स्मृती प्रतिष्ठानको सहयोगमा संकलन भएको सो रकम ताडीका बाढी र पहिरो प्रभावित परीवारलाई वितरण स्वर्गीय खडक रोकायाकी धर्मपत्नी गंगा रोकायाले बताएकी छन् । ।

ताडीका बाढी र पहिरोबाट प्रभावित भएकालाई नगद रकम राहत स्वरुप हस्तान्तरण कार्यमा नेपाली काग्रेस बुढीनन्दा नगर कार्य समिति सदस्य तथा स्वर्गीय खडक बहादुर रोकायाकी पत्नी गंगा रोकाया, र नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य तथा स्वर्गीय कृष्ण बहादुर शाहीकी छोरी रितादेवि सिहंले उपलब्ध गराएकी हुन् ।

राहत वितरण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य तथा प्रमुख अतिथी रिता देवी सिहले विपदमा परेका जनताको उद्धार र उनीहरुको पीडामा मलम लगाउने र जनताको सुख दुखको पाटी नेपाली काँग्रेस भएको बताएकी छन् । उनले जहिले विपद आउदा नेपाली काँग्रेस नै जनताको सेवामा अग्र भागमा रहेर काम गर्ने गरेको दावी गरेकी छन् । जिल्लामा भएको बाढी र पहिरोबाट प्रभावित बनेका नागरिकहरुको पीडामा मलम लगाउने गरी राहत संकलन गर्दै वितरण कार्यमा अग्रपंक्तिमा रहेको बताइन् ।