मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम समाज दक्षिण कोरियाले गर्यो अछामका बाढी पीडितलाई सहयोग

सुदूरपश्चिम समाज दक्षिण कोरियाले गर्यो अछामका बाढी पीडितलाई सहयोग


अछाम – सुदूरपश्चिम समाज दक्षिण कोरियाले अछामका बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ।

समाजले दक्षिण कोरियामा बस्दै आएका नेपालीहरुबाट रकम संकलन गरी गत भदौँमा आएको बाढीमा परी ज्यान गुमाएका र पीडित परिवारलाई राहत स्वरुप चार लाख ६ हजार सहयोग गरिएको जनाएको छ।

समाजका पूर्व सचिव गोपाल भट्टले अछाममै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो। उनका अनुसार १७ जना मृतक चार परिवारलाई प्रति व्यक्ति १२ हजारका दरले दुई लाख ४ हजार, भौतिक क्षती भएका २० परिवारलाई नौँ हजार पाँच सयका दरले सहयोग रकम प्रदान गरिएको हो।

यस्तै एचआईभी एड्सबाट आमाबुवा गुमाएकी १० वर्षीया बालिका र मृगौला फेल भएर दुई छोरा गुमाएका रामारोशन गाउँपालिकाका बृद्ध जोगी बुढालाई पनि ६/६ हजार सहयोग गरिएको छ। समाजका पूर्व पदाधिकारी मार्फत सहयोग रकम हस्तान्तरण गरिएको हो।