मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रावल र खनालले पठाए ३ टुहुरा बालबालिकालाई १० हजार रकम

रावल र खनालले पठाए ३ टुहुरा बालबालिकालाई १० हजार रकम


अछाम – बान्नीगढी जयगढ गाउपालीका वडा नम्बर ५ कालिका सुगाली घरभई हाल साउदी अरब रहनु भएका लोकमान रावल र अर्घाखाँची जिल्ला घरभई साउदी अरब रहनु भएका भोजराज खनालले अछाम मंगलसेनका बेसाहारा ३ बालबालिकालाई आर्थिक सहयोग गरेका छन्।

आमा बुवा गुमाएर टुहुरा बनेका मंगलसेन नगरपालीका वडा नम्बर ३ का १५ बर्षिय रचना बिष्ट, १२ बर्षिय रेजिना बिष्ट र ८ बर्षिय समिर बिष्टलाई रावल र खनालले १० हजार आर्थिक सहयोग गरेका हुन ।

रावल र खनालबाट प्राप्त १० हजार रकम अन्तराषर््िट्रय बालिका दिवसको अवसरमा मंगलसेनमा आयोजित एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिती अछाम भएको कार्यक्रममा पत्रकार कमल रावल मार्फत १० हजार रकम जिल्ला समन्वय समिती प्रमुख नर बहादुर कुवरले बालबालिका र उनका आफन्त शेर बहादुर बिष्टलाई हस्तान्तरण गरे ।

समाजसेवा तथा गायक क्षेत्रमा लागेका रावलले पिडामा परेका टुहुरा, असहायक, गरिब नेपालीलाई आगामी दिनमा आफ्नो तर्फबाट सहयोग जारी रहने बताए । हालै प्रदेश मेरा भाग देउडा गित मार्फत मार्फत गायन क्षेत्रमा लागेका रावलले पिडीत नागरिकको पिडामा मलम लाउन आफु जहीले पनी लागि रहने बताए ।

आफुले अछामको समाजिक क्षेत्रमा सहयोग गर्नका लागी रकम सँकलन गरिरहेकाले सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।