मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआईसी एशियाको कार्डमार्फत भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक

एनआईसी एशियाको कार्डमार्फत भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक


काठमाण्डौ – एनआईसी एशिया बैंकले चाडपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्ने ग्राहकलाई आकर्षक नगद फिर्ता दिने योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत  ई-कमर्शबाट डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

अनलाइन किनमेल बढिरहेको अवस्थालाई मूल्याङ्कन गर्दै बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिन याे योजना ल्याएको हो । 

(Sastodeal and Gyapu Marketplace ) मा २० प्रतिशत वा.२००० रुपैयाँसम्म, Kalmart मा २५ प्रतिशत वा १५०० रुपैयाँसम्म तथा Thulo Pasal, Infistore and Okdam मा १५ प्रतिशत वा १००० रुपैयाँसम्म नगद फिर्ता हुने व्यवस्था गरिएकाे बैंकले जनाएको छ ।

बैंकका अनुसार यो योजना आउँदो २७ असोजदेखि १ कार्तिकसम्म जारी रहने छ ।