मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनमोहक कर्णालीको एक भाग फोटो फिचरमा

मनमोहक कर्णालीको एक भाग फोटो फिचरमा


कर्णाली नदी (भारतमा घाघरा नदी पनि भनिन्छ) तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल नजिकै रहेको रकोस सरोवर (जसलाई “राक्षस ताल” पनि भनिन्छ)मा मिसिन्छ।

त्यस पछि नेपालमा प्रवेश गरेपछी मुगु जिल्लामा यो “करन खोला” अथवा मुगु कर्णालीसँग मिसिन्छ। त्यसै कारण खोलाको नामबाट नै यो नदीको नाम कर्णाली नदी रहन गएको अनुमान छ। यो नदी बाजुरा जिल्ला र हुम्ला जिल्लाको सिमाना हँदै कालीकोट जिल्लामा पुग्दासम्म यसका धेरै सहायक नदी नालाहरूले गर्दा यसले खोलाबाट नदिको रूप लगि सकेको हुन्छ।

मुगु जिल्लामा रहेको रारा तालको पानी यो नदीमा मिसिदै यसले विसाल रूप लिइ सकेको हुन्छ। त्यसै गरी हुम्ला र बाजुराको सिमानामा यसलाई हुम्ला कर्णाली र बुढी गंगा मिसिए पछि यो नदी धेरै ठूलो भैसको हुन्छ।

कालीकोटको लालीघाटमा आएर यो नदीमा जुम्ला जिल्लाबाट आएको तिला नदी मिसिन्छ। यसैगरी अन्य साना खोला नालाहरू साथमा लिएर यो नदी दैलेख जिल्ला र अछाम जिल्लाको सिमाना हुदै अगाडि बढ्छ।

दैलेख र अछामका अन्य सहायक नदी नालाहरूलाई साधमा लिँदै यो नदी दैलेख, अछाम र सुर्खेत जिल्लाको सिमानामा पर्ने कल्यानकाँध नामक स्थानमा आएर यो नदीले आफ्नो बाटो बदलेर उल्टो फर्केको छ। जसले गर्दा पश्चिमबाट पूर्व तर्फ बग्दै गरेको यो नदी फेरी पश्चिम तिर फर्केर जान्छ। यसै गरी यो नदी अब सुर्खेत र अछाम जिल्लाको सिमाना हुदै डोटी जिल्लाको सिमानामा पुग्छ।

त्यहाँ यो नदीमा डोटीबाट आएको सेती नदी (जसलाई चौलानी नदी पनि भनिन्छ) मिसिन्छ। त्यस पछि कर्णाली नदी फर्केर फेरी पूर्व तिर बग्न थाल्दछ। अब कर्णाली नदीले डोटी र अछामलाई छोडेर सुर्खेत र कैलाली जिल्लाको सिमानामा बग्न थाल्छ। कैलाली र सुर्खेतको सिमानामा पर्ने “कुइने घाट” नामक स्थानमा आएर यो नदीमा सुर्खेत तिरबाट आएको भेरी नदी मिसिन पुग्छ।

त्यस पछि यो नदी कैलाली र सुर्खेतको सिमाना छुट्ट्याउदै कर्णाली चिसापानी भन्ने ठाउँमा आउँछ। त्यहाँबाट यो नदीले आफ्नो पहाडी बाटो छोडेर तराइको मैदानमा प्रवेश गर्छ। अब यो नदीले बर्दिया जिल्लामा प्रवेश गरी सकेको हुन्छ। बर्दियामा आए पछि यो नदीमा बबै र सानी भेरी गरी दुइवटा नदीहरू मिसिएका छन्। त्यसका साथै यो नदी भारतमा प्रवेश गर्छ।

यहाँ आएर यो नदी आफू पनि दुई भागमा बाँडीएको छ। एक शाखालाई कौरियाला घाटको नाम दिएको छ भने अर्को शाखालाई भारतमा घागरा नदीको नाम दिएको छ। भारतमा यो नदिमा अन्य सहायक नदीहरू मिसिन्छन् जस्तै:- महाकाली नदी जसलाई भारतमा शारदा नदी भनिन्छ। कौरियाला घाट नामको नदी अयोध्याभएर बगेको छ। अयोध्यामा यो नदीलाई सर्यौँ नदीको नाम दिइएको छ। घागरा नदी बिहारको छपरा जिल्लामा गएर गंगा नदीमा गएर मिलेको छ।

त्यहाँबाट यो नदीको नाम गंगा नदी नै रहन गएको छ। अन्तमा पश्चिम बङ्गाल राज्यको कोलकाटा शहर (जसको पुरानो नाम कलकत्ता हो) नजीकै रहेको गंगा सागर नामक स्थानमा यो नदी समुन्द्रमा मिलेको छ।

नेपालको सबैभन्दा लामो नदी कर्णाली नदी हो। यसका सहायक नदीहरू स् हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानीभेरी नदी, तिला, बुढीगंगा नदी र सेती नदी हुन्। कर्णाली नदीको नेपालभित्रको लम्बाइ लगभग ५०७ कि।मी। र जलप्रवाहित क्षेत्र ४९,००० वर्ग कि।मी। छ। – विकिपिडिया