मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराका दिपक ! जसले क्यान्सर पिडित सुकीको निशुल्क उपचार गराउदैँ

बाजुराका दिपक ! जसले क्यान्सर पिडित सुकीको निशुल्क उपचार गराउदैँ


अछाम । बाजुरा जिल्ला घर भएका दिपक बहादुर बिष्टको पहलमा अछामको सुकीको निशुल्क उपचार हुने भएको छ । समाजसेवी तथा परोपकारी व्यक्ती बिष्टको पहलमा हड्डीको क्यान्सर रोगले ग्रसित अछामकी सुकी दमाईको काठमाण्डौँमा निशुल्क उपचार हनुे भएको हो ।

अछामको मंगलसेन नगरपालिका वडा नं. ७ घर भएकी ६२ बर्षिया सुकी दमाईको समाजसेवी बिष्टले निशुल्क उपचारका लागि पहल गरेका हुन् । आर्थिक अवस्था कम्जोर भएर उपचार गराउन नसकेको भन्दै समाचार प्रकाशित भएपछि बिष्टले निशुल्क उपचारका लागि पहल गरेको बताए ।

बाजुरा जिल्ला घर भई हाल न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा बरिष्ठ सुचना प्रविधि अधिकृतमा कार्यरत दिपक बहादुर बिष्टको पहलमा सुकी दमाईको काठमाण्डौँ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा क्यान्सरको निशुलक उपचार हुने भएको हो ।

सुकीको अवस्थाका बारेमा सुदूरआजमा प्रकाशित भएको समाचार हेरेपछि आफुले निशुल्क उपचारका लागि पहल गरेको बिष्टले बताए । ६२ बर्षिया सुकी दमाईको एक बर्ष देखि आर्थिक अभावमा उपचार हुन सकेको थिएन् ।

एक बर्ष देखि थला परेकी उनलाई एकदमै अप्ठेरो भएपछि सुदुर आज डट्कमले पहिलो पटक सुकीको उपचारका लागि पहल गरिदिन समाचार मार्फत आग्रह गरेको थियो । उपचारको पर्खाईमा सुकी भन्ने समाचार प्रकाशित भएपछि सोही वडाका युवाले उपचारमा सहयोग पुर्याउन गाँउमै आर्थिक सहयोग अभियान सुरु गरेका थिए ।

उक्त समाचार प्रकाशित भएपछि समाजसेवी बिष्टले काठमाण्डौँमै रहेका बेला निशुल्क उपचारका लागि समन्वय तथा सहकार्य गरेका थिए भने यता नम बहादुर बिष्ट, पदम बहादुर थ्यायत र हर्क बहादुर खड्काले सुकीलाई काठमाण्डौँ पठाउन सहयोग अभियान सुरु गरेका थिए ।

उनिहरुको पहलमा सुकीलाई हाल काठमाण्डौँ पठाईएको छ भने समाजसेवी दिपक बिष्टको पहलमा सुकीको निशुलक उपचार हुन सुरु भएको छ । सुकीका श्रीमान् झंकरे दमाई साथमा छन् भने उनकी ३ छोरी बिहे गरेर पराई घरमा गईसकेकी छन् ।

अहिले सुकीको लागि अछाम देखि देश बिदेशमा समेत आर्थिक संकलन भईरहेको छ भने उता काठमाण्डौँमा उपचार निशुल्क हुने भएको छ ।