मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निशुल्क मुख स्वास्थ्य एवंम दन्त शिबिरबाट ८ सय बढीले सेवा पाए

निशुल्क मुख स्वास्थ्य एवंम दन्त शिबिरबाट ८ सय बढीले सेवा पाए


अछाम : जिल्लामा मुख स्वास्थ्य एवंम दन्त शिबिर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय अछामको आयोजनामा जिल्लाका विभिन्न ठाँउमा निशुल्क दन्त शिबिर सम्पन्न भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए ।

शिबिरबाट जिल्लाका विभिन्न ठाँउका ८ सय बढी नागरिकले सेवा लिएका स्वास्थ्य कार्यालय अछामले जनाएको छ । शिबिरको अन्तिम दिन आज मंगलसेन नगरपालिका वडा नं. १४ कालागाँएमा भएको शिबिरबाट १ सय २९ पुरुष र ३६ महिला गरी १ सय ६५ जनाले सेवा लिएका छन् ।

यसअघि जिल्लाको कमलबजारमा भएको शिबिरमा ७५ महिला र २९ पुरुष गरी १ सय ४ जना, तुर्माखाँदमा भएको शिबिरमा १ सय ३७ पुरुष र ७९ महिला गरी २ सय १६ जनाले सेवा लिएका थिए ।

यस्तै ढकारी गाँउपालिकामा भएको शिबिरमा १ सय २६ महिला र ५६ पुरुष गरी १ सय ८२ जना र बिनायकमा भएको शिबिरमा ९३ महिला र ५३ पुरुष गरी १ सय ४६ जनाले सेवा लिएका थिए ।

पहिलो चरणमा ५ ठाँउमा सम्पन्न शिबिरबाट ५ सय ६० महिला र २ सय ५३ पुरुष गरी ८ सय १३ जनाले सेवा लिएका छन् । यसपछि पनि दोश्रो चरणमा अर्को चौमासिकमा शिबिर संचालन गरिने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

जिल्लामा मुख तथा दाँतको समस्या भएका नागरिक भएपनि समयमै र सहज उपचार नपाएका कारण यसबाट पछि झन् समस्या हुने शिबिरमा सहभागी बयालपाटा अस्पताल अछामका डेन्टल सहायक मोहन साउदले बताए । गाँउघरमै गएर यसरी निशुल्क शिबिर संचालन हुदाँ उनिहरुलाई राहत मिलेको साउदको भनाई छ ।

दाँत र मुखको उपचार सबै ठाँउमा निशुल्क छैन् यो अरु भन्दा खर्चिलो पनि छ स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले भने त्यसैको सहजताका लागि हामीले शिबिर मार्फत भएपनि नागरिकलाई सेवा दिएका छौँ । आगामी दिनमा समेत यसप्रकारका शिविरलाई निरन्तरता दिने प्रमुख ढुंगानाको भनाई छ ।

यस्तै दाँत तथा मुखको जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालमा समेत निशुल्क उपचार संचालन हुदैँ आएको छ ।