मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्यावास ओली बा !

स्यावास ओली बा !


  • प्रतिक चन्द

स्यावास ओली बा !!
महान छौ तिमी
बर्षौ देखि भ्रमको खेति गरिरहेको
बाहिर खसीको टाउको झुण्डाई
भित्र कुकुरको मासु बेचिरहेको
अरुलाई सभ्यताको पाठ सिकाई
आफु नालीमा चुर्लुम्म डुबिरहेको
जनमतको कदर गर्ने भन्दै
मतपेटिका लुटी कुदिरहेको
आफुलाई लोकतन्त्रको मसिहा ठान्ने
जनतालाई केवल दास मान्ने
संसदीय ब्यवस्थाको
मुकुटो उतार्दै छौ !!

स्यावास ओली बा !!
तिमी बिल्कुल नडराउनु
तिमी बिल्कुल पछि नहट्नु
अझै देखाउनु छ तिमीले
यो ब्यबस्थाको ताण्डव खेल
उदांगो पार्नु छ तिमीले
यहाँ गर्न सकिने सबै जाल झेल
निर्मलाहरुका चित्कार
अझै सुन्नु छ
राउटेहरुका चेली फकाउने
योजना बुन्नु छ
मनांगेहरुलाई जितको माला पहिर्याई
मुक्ति योद्धाहरुले हार्नु छ
भ्रस्टाचारका ठुला ठुला योजना
जनतासामु छरपस्ट पार्नु छ
बिदेशीहरुको झाकी
टुडिखेलमा हेर्न बाकि छ
सिमाना दाइजो दिदै
सम्धीलाई अंगालोमा बेर्न बाकी छ !!

स्यावास ओली बा !!
तिमी छौ र त
हामीले देख्न पाएका छौ
यो ब्यबस्थाको कुरुप मुहार
तिमी छौ र त
हामीले सेक्न पाएका छौ
यो ब्यबस्थाको कोर्राले ढाड
तिमी छौ र त
हामीले सुन्न पाएका छौ
यो व्यवस्थाको कुकृतिका कथाहरु
तिमी छौ र त
हामीले बुन्न पाएका छौ
मुटुभरी अनगिन्ती चोटका ब्याथाहरु !!

स्यावास ओली बा !!
नाथाक तिमी
नसुत तिमी
अझै भारी गर
यहाँ गर्न मिल्ने बिठ्याईहरु
अझै जारी गर
यहाँ गर्न मिल्ने अध्यादेशहरु
अझै बजाउ
बज्नेहरुका मादल
अझै सजाउ
सज्नेहरुका आचल
लोभीहरुलाई
सुख दिदै फुटाइदेउ
क्रान्तिकारीलाई
दुख दिदै जुटाईदेउ
यो व्यवस्थालाई
पश्चगमनको साध्य बनाउ
जनतालाई
विकल्प खोज्न बाध्य बनाउ
आउ ओली बा,
अझै जोसका साथ जुर्मुराउ
ताण्डवको झाकी नबिसाउ
यो ब्यबस्थालाई मसानघाटसम्म
नपुराई तिमी ननिदाउ !!