मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडालाई तोकिएको बजेट सिलिङ्ग प्रति ६ जना वडाध्यक्षको असहमती (विज्ञप्ती सहित)

वडालाई तोकिएको बजेट सिलिङ्ग प्रति ६ जना वडाध्यक्षको असहमती (विज्ञप्ती सहित)


गत बर्ष भन्दा ५० प्रतिशत कम भएको भन्दै आपत्ती

अछाम । साँफेबगर नगरपालिकाका वडा ६ जना वडाध्यक्षले नगरपालिकाले वडालाई तोकेको बजेट सिलिङ्ग प्रति असहमती जनाएका छन् । गत बर्षको भन्दा यस बर्ष बजेटको सिलिङ्ग ५० प्रतिशत कम भएको भन्दै उनिहरुले आपत्ती जनाएका छन् ।

शुक्रबार नगरका ६ जना वडाध्यक्ष र १ जना कार्यपालिका सस्द्स्यले एक विज्ञप्ती जारी गर्दै नगर प्रमुखले कुनै सहकार्य, छलफल र वास्ता नगरी बजेट तोकेर प्रेस विज्ञप्ती निकाल्नु जस्ता कार्यले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

राजनितिक पूर्वाग्रह, अप्ठेरो पार्नु, कार्यक्रम असफल पार्नु र विकास निर्माण गर्नु हुदैँन भन्ने आफुहरुको उद्देश्य नभएको वडा नं. १, २, ३, ७, ११, १२ का अध्यक्ष र ५ नम्बरका सदस्यको सयुक्त हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

बजेटको सिलिङ्ग नबढाई, सुझाब, सल्लाह नगरी अघि बढे आफुहरु नगर र वडाका कुने पनि कार्यक्रममा सहभागी नहुने र असर्मथन रहिरहने उनिहरुले विज्ञप्ती मार्फत जनाएका छन् ।

यता नगरले बर्ष ७८ वटा बाल विकास केन्द्रका शिक्षक, ७० वटा बिद्यालयका कर्मचारीको मासिक तलबको केही प्रतिशित नगरपालिकाले व्यहोर्नु परेका कारण वडाको बजेट कम भएको विज्ञप्ती मार्फत स्पष्ट पारेको हो ।

नगर प्रमुख कुल बहादुर कुवँरले यस बर्ष नगरपालिकालाई गत बर्षहरुको तुलनामा १ करोड ३६ लाख ५ हजार थप व्ययभार थपिएको कारण वडाको बजेट कम भएको विज्ञप्तीमा मार्फत यसघि नै उल्लेख गरेका छन् ।

नगरपालिकाकै गौरबको आयोजनाका रुपमा रहेको सुदूर लक्षित प्रानविधिक शिक्षालय, जनता क्याम्पस बयालपाटा र त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटका अधुरा भवन आउने आर्थिक बर्ष भित्रै सम्पन्न गर्नुपर्ने भएकाले पनि वडाको बजेट कम हुन गएको नगर प्रमुखद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

यो पनि पढ्नुस