मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीवन विकास लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

जीवन विकास लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

सुदूर आज

१०० रुपैयाँभन्दा माथि प्रतिसेयर आम्दानी र नेटवर्थ ३०० भन्दा माथि ‘

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारणमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० रुपैयाँ आईपीओ निष्कासन गरेको हो । 

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका साधारण सेयर बिक्री सुरु गरेको हो । कुल निष्कासनमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याएको छ । बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट साथै मेरोसेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्रा एनपी इस्युअर रेटिङ त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुनेछ ।

४१ करोड ६ लाख ७० हजार चुक्ता पुँजी रहेको लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा आर्जन गरेको छ । लघुवित्तको सञ्चित तथा जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख १० हजार रहेको छ ।

आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षणपछिको वित्तीय विवरणानुसार कम्पनीको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ९७ पैसा रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी अझै बढी रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ३०५ रुपैयाँ २७ पैसा रहेको थियो ।

जीवन विकास समाज नामक फिन्गोबाट लघुवित्त कारोबार गर्दै आएको संस्थाले राष्ट्र बैंकको फिन्गोलाई लघुवित्तमा रुपान्तरण गर्ने नीतिअनुरुप लघुवित्तमा रुपान्तरण भएको थियो । कम्पनीलाई लघुवित्त क्षेत्रकै उत्कृष्ट कम्पनीको रुपमा लिने गरिन्छ ।