मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन–३ को विजेता

किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन–३ को विजेता


काठमाडौं । किरण गजमेर सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका छन् । 

आज भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका हुन् । 

उनले उपाधीसँगै २५ लाख रुपैयाँ जितेका छन् । उनी कोच प्रमोद खरेलको टिमका प्रतिस्पर्धी हुन् । 

यसअघि भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी र सिजन–२ राम लिम्बू विजेता बनेका थिए । सिडी विजय टिम दीपका प्रतिस्पर्धी थिए भने राम लिम्बू टिम प्रमोदका प्रतिस्पर्धी थिए ।