मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेगा बैंकका ५ वटा नयाँ शाखा

मेगा बैंकका ५ वटा नयाँ शाखा


काठमाडौं । मेगा बैंकले आइतबार ५ वटा नयाँ शाखा विस्तार गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरमा, चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहा र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जनाए ।

बैंकले एक महिनाको अवधिमा मात्रै १२ वटा शाखा विस्तार गरिसकेको छ । अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालयहरू रहेका छन् ।