मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईएमई लाइफ ४ वर्ष पुरा गरी ५ औ वर्षमा प्रवेश, अछाम शाखाद्वारा शुभकामना आदानप्रदान

आईएमई लाइफ ४ वर्ष पुरा गरी ५ औ वर्षमा प्रवेश, अछाम शाखाद्वारा शुभकामना आदानप्रदान


अछाम  । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी चार वर्ष पुरा गरि ५ औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ भदौ एक गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । तत्कालिन समयमा नयाँ जीवन बीमा व्यवसाय सञ्चालका लागि लाइसेन्स पाएका १० जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा पहिलो पटक व्यवसाय शुभारम्भ गरेको आईएमई लाइफले हालसम्म एक लाख ८० हजार वटा जीवन बीमा पोलिसी बिक्री गरिसकेको छ ।

स्थापनाको छोटो समयमै कम्पनीले आफ्नो जीवन बीमा कोषमा दुई अर्ब ९७ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । हालसम्म ५ अर्ब ६५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । आधार मूल्यमै प्राथमिक शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले प्रिमियम सहित सर्वसाधारण समुहको ६० लाख कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले ८५ वटा शाखा तथा क्षेत्रीय कार्यालय मार्फत जीवन बीमाको सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय सहित शाखा तथा उपशाखा मार्फत जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ । करिव ६ वटा संस्थाहरुलाई कर्पोरेट एजेन्टको रुपमा परिचालन गर्दै आइरहेको छ ।

आईएमई समुहले प्रवर्द्धन गरेको यस कम्पनीमा प्रमुख शेयरधनीहरु चन्द्र ढकाल, हेमराज ढकाल, ग्लोबल आईएमई बैंक, आइएमई लिमिटेड, हाथवे इन्भेष्टमेन्ट, एशियन डिष्ट्रिव्युटर, एक्रोस मनि ट्रान्सफर, विष्णु कुमार अग्रवाल, मिन बहादुर गुरुङ, अम्बिका प्रसाद पौडेल लगायतका छन् ।

चौथौ वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न कार्यक्रमहरु सञ्चालन गरि सम्पन्न गरेको छ । यसै अवधिमा रक्तदानदेखि लिएर सबैभन्दा धेरै बीमा शुल्क भित्र्याउने एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको छ ।

यस्तै चौथौ वार्षिकोत्सवको अवसरमा अछाम शाखाले पनि केक काटेर बार्सिक उत्सव मनाएको छ । अछाम शाखा प्रमुख महेश प्रसाद जैसी र एजेन्सी मेनेजर सुशील भण्डारीले केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

साथै उक्त  कार्यक्रममा  सम्पुर्ण अभिकर्ता र एजेन्सी मेनेजरहरुलाइ अछाम शाखाका प्रबन्धक महेश प्रसाद जैसिले बीमाको विशेषता महत्व र अभिकर्ता हरुको कर्तव्यको बिषयमा जानकारी दिएका थिए ।

कम्पनीले चौथो बर्ष प्रवेशको अवसरमा कार्यक्रममा उपस्थित  अभिकर्ता ,एजेन्सी मेनेजर लगायत अन्य सरोकारवालाहरुले शुभकामना आदानप्रदान समेत गरेका थिए ।

कार्यक्रममा उपस्तिथि अभिकर्ताहरु र एजेन्सी मेनेजर हरुले यो महिना आफुले गर्ने ब्यवसायको लक्ष्य बारेमा जानकारी गराएका थिए ।