मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एचआइभी/टिबी कार्यक्रमको पालिका स्तरिय समन्वयात्मक बैठक ढकारीमा सम्पन्न

एचआइभी/टिबी कार्यक्रमको पालिका स्तरिय समन्वयात्मक बैठक ढकारीमा सम्पन्न


अछाम : वाक – नेपाल र सेभ द चिल्ड्रेन को साझेदारीमा अछाम र डोटि जिल्लामा संचालित एच.आइ.भि./टि बी कार्यक्रमको पालिका स्तरिय समन्वयात्मक बैठक ढकारीमा सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष धन बहादुर बुढाको अध्यक्षतामा सम्पन्न बैठक संस्था तथा वाक नेपाल एच अाई भी टि बि कार्यक्रमको बारेमा जानकारि गराउनेले उदेश्यले बैठकको आयोजना गरिएको थियो ।

कार्यक्रमको लक्ष्य तथा उदेश्य र संस्थागत जानकारि, आगामी रणनीति, हाल सम्मको प्रगति विवरण र अायोजित बैठक र बार्षिक बजेटको बारेमा वाक नेपालका प्रशासन तथा लेखा अधिकृत किर्ति कुमार खडकाले प्रस्तुत गरेका थिए।

कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष लक्ष्मि साउँद, पालिका स्वास्थ्य संयोजक लक्ष्मण शाह, कार्यपालिका सदस्य पार्भति बुढा, रेडियो हाम्रो जाल्पाका प्रदिप बटाला, हेल्थ असिस्टेन्ट कृति बहादु, रोकाया लगायत वाक नेपालका प्रशासन तथा लेखा अधिकृत कृति कुमार खड्का, प्रयोग शाला सहाएक कृष्ण परियार र सामुदायिक कार्यकर्ता जीवन कुमार थापा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन वाक नेपालका प्रयोगशाला सहायक कृष्ण परियारले गर्नु भएको थियोे ।