मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भकारी परियोजना अन्तर्गत जिल्लाका ३ पालिकामा आर्थिक सहयोग

भकारी परियोजना अन्तर्गत जिल्लाका ३ पालिकामा आर्थिक सहयोग


अछाम : USAID को आर्थिक सहयोग तथा मर्सिकोर नेपाल र वाक नेपाल द्धारा संचालित भकारी परियोजना अन्तर्गत जिल्लाका बिभिन्न पालिकामा आर्थिक सहयोग गरिएको छ।

जिल्लाको कमलबजार नगरपालिका , पंचदेवल विनायक नगरपालिका तथा तुुर्माखाद गाँउपालिकामा संचालित कामका लागि कार्यक्रममा सहभागि हरुलाई एक कार्यक्रमका बिच नगद हस्तान्तरण गएिको छ ।

जस अन्तर्गत तुुर्माखाँद गायपालिकाको वडा नं. ६को दाडे समुुदायमा संचालन गरिएको सरस्वती वाल किकास केन्द्रको घेरा पर्खाल निर्माण कार्यमा सहभागि ३१ जना हरुलाई प्रति ब्यत्ति रु १३ हजार ६सय ५० का दरले रु ४ लाख २३ हजार १सय ५० प्रदान गरिएको छ।

त्यसै गरि पञ्चदेवल विनायक नगरपालिका वडा नं.३ को मुुसेगडा समुुदायमा संचालन गरिएका युुवा बर्ष आधारभुुत बिद्यालयको घेरा पर्खाल निर्माण कार्यमा सहभागि २६ जना हरुलाई प्रति ब्यत्ति रु १३ हजार ६सय ५० का दरले रु ३ लाख ५४ हजार ९ सय र कमलबजार नगरपालिका को वडा नं. ५ को सुुन्दरवस्ती मा परम्परागत कुुलो तथा बिद्यालयको पर्खाल निर्माण कार्यमा सहभागि ७१ जना लाइ प्रति ब्यत्ति रु १३ हजार ६सय ५०का दरले रु ९ लाख ९ हजार १ सय ५० रुपया प्रदान गरिएको हो।

जम्मा चार वटा योजना मा सहभागि १२८ जना लाई करिब १७ लाख ४७ हजार २ सय रुपैया एक कार्यक्रमका बिच हस्तान्रण गरिएको छ । जसमा अति बिपन्न ६ परिवार लाई नि:शर्त प्रति ब्यत्ति रु १३ हजार ६सय ५० का दरले नगद हस्तान्तरण गरिएको छ ।

सुुन्दरबस्ती विपल ब्यावस्थापन समिति का संयोजक प्रेम ब.खत्रि को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुुख अथिति कमलबजार नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नन्दसिहँ चलाउने रहनुु भएको थियो ।

प्रमुुख अतिथि को आसन बाट बोल्दै वडा अध्यक्ष चलाउनेले कोभिड १९ को माहामारीका कारण समुुदायमा थुुपै मानिस हरुले रोजगारी गुुमाई घरमा बस्नुु पर्ने बाध्यतात्मक परिस्थितिको बेला पनि बाक नेपाल भकारी परियोजनाले संचालन गरेको कामका लागि नगद कार्यक्रम बाट समुुदायको रोजगारि सृर्जना गर्ने अतुुलनिय भुुमिका निवार्हा गरेकोमा वाक नेपाल भकारी परियोजना लाई धन्यबाद दिनुु भएको छ ।

कार्यक्रमका सुुन्दरवस्ती विपद ब्यावस्थापन समिति का पदाधिकारी, वाक नेपाल भकारी परियोजनाका अनुुगमन मुुल्याङकन अधिकृत बम प्रसाद भट्ट र लैगिक समानता तथा सामाजिक समावेसिकरण अधिकृत सरिता बिष्ट लगायतको सहभागिता रहेको , कार्यक्रमको संचालन थियो लैगिक समानता तथा सामाजिक समावेसिकरण अधिकृत सरिता बिष्टले गर्नुु भएको थियो ।