मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामद्धारा प्रवक्ता तिमिल्सैनाको संयोजकत्वमा १०० सदस्यि अधिबेशन प्रचार प्रसार समिती गठन

कांग्रेस अछामद्धारा प्रवक्ता तिमिल्सैनाको संयोजकत्वमा १०० सदस्यि अधिबेशन प्रचार प्रसार समिती गठन

ढुंगानाको संयोजकत्वमा ११ सदस्यि व्यावस्थापन समिती


अछाम : नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामको बैठक बिभिन्न निर्णय गर्दै पार्टी कार्यालय मंगलसेन सम्पन्न भएको छ ।

बिपी स्मृती भवन मंगलसेन सम्पन्न बैठकले आशन्न कांग्र्रेसको १४ औँ महाधिबेशन सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरेको छ ।

नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वाँरको सभापतीत्वमा भएको बैठकले कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता बेदप्रकाश तिमिल्सैनाको संयोजकत्वमा एकसय सदस्यि प्रचार प्रसार समिती गठन गरेको छ ।

ढुंगानाको संयोजकत्वमा ११ सदस्यि व्यावस्थापन समिती

यस्तै बैठकले हरि प्रसाद ढुंगानाको संयोजकत्वमा ११ सदस्यि व्यावस्थापन समिती समेत गठन गरेको छ । बैठकले महाधिबेशन प्रतिनिधी स्वर्गिय लोक बहादुर बुढामगरको सोक प्रस्ताव समेत पारित गरेको छ ।

बैठकले क्रियाशिल सदस्यको बिषयमा छलफल गर्दै अछामका बिबादित ४ वटा वडाको सदस्यता समस्या टुंग्याएर यथासक्य चाँडो माग गर्ने निर्णय पनि गरेको छ ।

यसपटकको महाधिबेशनलाई एकता र मेलमिलापको महाधिबेशन बनाउन अछामबाट सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पहल गर्ने र मिलेर जाने लगायतका बिषयमा समेत छलफल भएको सभापति स्वाँरले सुदूरआजलाई बताए ।