मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्मदिनको अवसरमा क्यान्सर, मृगौला र एनेमिया बिरामीलाई आर्थिक सहयोग

जन्मदिनको अवसरमा क्यान्सर, मृगौला र एनेमिया बिरामीलाई आर्थिक सहयोग


अछाम / रामारोशन क्षेत्र पर्यटन बिकास तथा ब्याबस्थापन समितीका कार्यकारी निर्देशक गंगा कुवर बुढाले जन्म दिनको अवसरमा ए प्लाष्टिक एनेमिया, मृगौला पिडित र क्यान्सर पिडितलाई सहयोग गर्नु भएको छ ।

जन्म दिनमा गरिने फजुल खर्चलाई कटौती गर्दै सामाजिक सेवामा समर्पित गर्ने उद्देश्यका साथ आफुले बिरामीलाई सहयोग गरेको बुढाले बताउनु भयो ।

निर्देशक बुढाले रामारोशन गाउपालिका वडा नम्बर ५ का विगत २ बर्ष देखि काठमाडौँ सिभिल अस्पतालमा ए प्लाष्टिक एनेमियाको उपचार गराईरहेका उदय बहादुर बुढालाई १० हजार, दुवै मृगौला पिडित पत्रकार धुब्र विसिलाई २ हजार ५ सय ५५ र क्यान्सर पिडित मंगलसेन नगरपालिका वडा नम्बर ९ की राधा रावललाई २ हजार ५ सय ५५ गरि जम्मा १५ हजार १ सय १० रुपैयाँ बिरामीलाई सहयोग गर्नु भएको हो ।

रामारोशन ५ निवासी बुढाले हरेक मानवलाई आफ्नो फजुल खर्च बचाएर दुखी गरिब, असहाय, पिडितलाई सहयोग गर्न समेत आग्रह गर्नु भयो ।