काठमाडौं । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गरेको सर्ट फिल्म ‘गहना’ युटुबमार्फत सार्वजनिक भएको छ ।
३२ मिनेट लामो फिल्ममा श्रीमान्–श्रीमतिविचको घरयासी समस्यालाई मुख्य बिषय बनाइएको छ । बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिकीको कथालाई फिल्ममा प्रस्तुत गरेको निर्देशक सुवेदीले बताए ।
गहना नभएका कारण माईत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छ भन्ने कुरा यो फिल्ममा देखाइएको छ ।
गहनाले झपक्कै भएर माइत जानुपर्ने, समाजलाई देखाउनुपर्ने नेपाली समाजमा बिद्यमान सोचले गर्दा कतिसम्म समस्या आउँछ भन्ने कुरालाई स्पष्ट रुपमा फिल्मले प्रस्तुत गरेको छ ।
पहिलो भागमा प्रचुर मात्रामा सस्पेन्स छोडिएको फिल्म तेश्रो भागसम्म निर्माण हुने जानकारी निर्देशक सुवेदीले दिएका छन् ।
यो सर्ट फिल्ममा नरेन खड्का, साया भण्डारी र पुरन थापा मुख्य भूमिकामा छन् । फिल्मको स्क्रिप्ट पनि निर्देशक सुवेदी आफैले लेखेका हुन् । बिमल ढकालले खिचेको फिल्मको मुख्य सहायक निर्देशक बिनय पौडेल छन् ।
ललीतसिंह साउदले सम्पादन गरेको गहनामा बिनोद भुजेलको पाश्र्वसंगीत छ । दिलासा क्रियसनको ब्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदी निर्माता रहेको ‘गहना’ काठमाडौ आसपासमै खिचिएको हो ।




















प्रतिक्रिया