मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रिक्त रहेका देशहरुमा राजदुत नियूक्त गर्ने सरकारको तयारी, डा. उपाध्यायको सम्भावना बलियो

रिक्त रहेका देशहरुमा राजदुत नियूक्त गर्ने सरकारको तयारी, डा. उपाध्यायको सम्भावना बलियो


अछाम : शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेपछि राजनितिक नियुक्तीमा फेर बदल भईरहेको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले गरेका नियुक्तीहरु खारेजी गर्दै गठबन्धको सरकारले नयाँ नियुक्तीको प्रक्रिया थालेको छ ।

बिभिन्न राष्ट्रहरुका लागि नियूक्त भएका राजदुत फिर्ता बोलाएर सरकारले नयाँ राजदुत सिफारिस गर्ने भएको छ । सरकारले यसअघि भारत, अमेरिका र बेलायतमा नयाँ राजुदत खटाएको छ भने बाँकी देशहरुमा नयाँ व्यक्ती खटाउने तयारी गरेको छ ।

भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरिसकेको छ । सरकारले पछिल्लो समय अमेरिका, चीन र भारतका राजदूतलाई मन्त्रीस्तरीय सुबिधा दिने गरेको थियो ।

अब चीन लगायत अन्य देशका राजदूत नियुक्त हुने बताइएको छ ।चीनको लागि नेपाली राजदूतमा चिनबाटै अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका सभामुख अग्नि सापकोटाका छोरा रुपक सापकोटालाई पठाउनेबारे छलफल भइरहेको माओवादी स्रोतले जनाएको छ ।

चीनमै भूराजनीतिको विषयमा अध्ययन गरेका सापकोटाले कात्तिक ७ गते परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप कार्यकारी निर्देशकबाट राजीनामा गरेका छन् । युवा कुटनीतिज्ञ सापकोटाले चीनको रेनमिन विश्वविद्यालदययबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन् ।

कांग्रेसले भने आफ्नो कोटाबाट केही नयाँ अनुहार पठाउने सम्भावना रहेको छ । राष्ट्रिय योजना आयोगमा युवा पुस्ताका डा विश्व पौडेललाई पठाएर सरकारको प्रशंसा पाएकोमा अहिले राजदुतमा पनि युवाबाट सक्षम र क्षमता भएका लाई मौका दिने सम्भावना बलियो देखिएको छ ।

राजदुत नियुक्तीका लागि गृह कार्य भईरहेको प्रधानमन्त्री कार्यालय श्रोतको भनाई छ । गठबन्धनको सरकार भएको ति दलले आफ्नो पार्टीबाट नाम सिफारिस गर्ने र त्यहि आधारमा नयाँ राजदुत नियूक्त गरिने भएको हो ।

डा. उपाध्यायको राजदुतमा सम्भावना बलियो ।।

कांग्रेसले सुदूरपश्चिमको दुर्गम जिल्ला अछामलाई यसपटक स्थान दिने सम्भावना देखिएको छ । अछाममा जन्मिएका डा. जितु उपाध्यायलाई राजदुत बनाउने सक्ने आकलन गरिएको छ ।

विभिन्न देशमा अध्ययन र अध्यापन गरेका डा. उपाध्याय पार्टी भित्र पनि निकै सक्रिय रहेका कारण उनलाई राजदुतमा पठाउन सक्ने बढी सम्भावना रहेको बुझिएको छ । रसिया, बंगलादेश र कोरियामा अध्ययन गरेका डा. उपाध्याय पार्टी राजनिति संगै कुटनितिक क्षेत्रमा समेत दख्खल राख्ने मान्छे भएका कारण उनको सम्भावना बढी रहेको कांग्रेस नेताहरुको बुझाई छ ।

डा. उपाध्याय क्यानडाको जनसम्पर्क समितीमा उपसभापती पदमा रहेर काम गरिरहेका छन् भने कांग्रेसको १३ औँ महाधिबेनमा क्यानडाबाट महाधिबेशन प्रतिनिधी समेत हुन् । नेविसंघको स्कुल ईकाईबाट राजनितिमा सक्रिय रहेका डा. उपाध्ययाय २०६२ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियू सदस्य निर्वाचित भएर काम गरेका थिए ।

२०६२/६३ को जनआन्दोलनमा समेत अग्रपंक्तीमा रहेर काम गरेका उपाध्ययाले कोरियामा समेत जनसम्पर्क समितीमा समेत काम गरेका थिए । सरकारी छात्रबृधीमा छनौट भई अध्ययन गरेका डा. उपाध्यायले द कोरिया बाट खाध्य प्रविधीमा विधाबारधी गरेका छन् ।

रसियामा खाध्य प्रविधीमा स्नाक्तोत्तर गरेको उपाध्यायले बंगलादेशबाट जनस्वास्थ्यमा समेत स्नाक्तोत्तर गरेका छन् । हाल क्यानाडामा रहेका डा. उपाध्याय विभिन्न देशमा गएर अनुसन्धान र ज्ञान प्रस्तुत गरिसकेका छन् ।

उनलाई सुदुरपक्षिमको मात्र नभई देशकै निकै सम्भावना बोकेको र देशलाई केहि गर्न सक्ने युवाको रुपमा हेरिएको छ । रसिएन, कोरियन, अंग्रेजी, हिन्दी, बंगाली भाषा उनको राम्रो दक्खल रहेको छ ।